काठमाडौं- नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई आफ्नो वेबसाइटमा नेपाल भ्रमण वर्षको आधिकारिक लोगो राख्न निर्देशन दिएको छ।
सरकाले घोषणा गरेको नेपाल भ्रमण वर्ष ‘२०२०’ अभियनालाई सफल पार्न भन्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वेबसाइट लगायत अन्य आधिकारिक सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष, २०२० को लोगो तथा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको वेबसाइटको लिंक राख्न मंगलबार निर्देशन दिएको हो।
त्यस्तै पर्यटनको आवागमन बढी हुने प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसँग समन्वय गरी संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत पर्यटकलाई सहज हुने किसिमका शौचालय, डस्टबिन, पिउने पानी तथा विश्रामस्थलजस्ता पूर्वाधार बनाउने कार्यमा सहभागिता जनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।
बुधबारबाट औपचारिक रुपमा सुरु हुन लागेको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।