• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

इजिप्टमा राष्ट्रपति सिसीको लोकप्रियता मापनका लागि मात्रै निर्वाचन, मतदाता भन्छन्– भाेट नहाल्ने देशद्रोही हुन्

64x64
नेपाल लाइभ मंगलबार, चैत १३, २०७४  ०२:४४
1140x725

- विनाेदप्रसाद अधिकारी

कायराे– मध्यपूर्वको शक्तिकेन्द्र इजिप्टमा सोमबारदेखि राष्ट्रपतीय चुनावको मतदान सुरु भएको छ। तीन दिनसम्म चल्ने मतदानले वर्तमान राष्ट्रपति अब्देल फताह अल सिसीलाई पुनः निर्वाचित गराउने पक्का–पक्की नै छ। तर, पनि यो वर्षको चुनावमा विशेष ध्यान भने ‘भोटर टर्न आउट’मा केन्द्रित छ। मतदाताको उपस्थितिले नै उनको लोकप्रियता मापन गरिनेछ, किनभने उनको विरुद्धमा यो पटक उनकै समर्थक समेत रहेका मोउसा मुस्तफा मोउसाले उम्मेद्वारी दिएका छन्।

यो पटकको चुनावको रोचक पक्ष के छ भने, राष्ट्रपतिमै उम्मेदवारी दिएका मोउसा आफैंले सिसीलाई समर्थन जनाउनुका साथै उनको चुनावी र्‍यालीको आयोजना समेत गरिदिएका छन्। एक हिसाबले भन्ने हो भने मोउसाको उम्मेदवारी हात्तीको देखाउने दाह्राजस्तै भएको छ। अघिल्लो चुनावमा करिब ९७ प्रतिशत भोट पाएका सिसीले यो पटकको चुनावमा सोही हाराहारीमा मत पाउने अनुमान गरिएको छ।

जनवरीमै विपक्षी उम्मेदवार पक्राउ, अन्यकोे उम्मेदवारी फिर्ता

इजिप्टमा सन् २०१८ मा चुनाव हुने चर्चा सुरु भएसँगै यो पटक क–कसले उम्मेदवारी दिन्छन् भन्ने सर्वत्र चासो थियो। सिसी फेरि पनि उम्मेदवार बन्ने चर्चा भइरहे पनि विपक्षमा उभिने उम्मेदवारको अनुहार सबैका लागि चासोको विषय बनेको थियो।

सिसीको विपक्षमा ७ उम्मेदवार रहेको भए पनि जनवरीसम्म आइपुग्दा अधिकांश उम्मेदवार पछि हटे। उम्मेदवारी फिर्ता लिनेको सूचीमा मानवअधिकारकर्मी एवं अधिवक्ता खालिद अली र पूर्व प्रधानमन्त्री अहमद साफिक पनि छन्।

सिसीको कट्टर प्रतिद्वन्द्वीका रुपमा हेरिएका इजिप्सियन सेनाका पूर्वप्रमुख सामी अनानलाई गत जनवरीमै पक्राउ गरिएको थियो। राष्ट्रपति चुनावका लागि आफू पनि उम्मेदवार बन्ने घोषणा गरेका अनानलाई एक मात्रै उच्च पदस्त प्रतिद्वन्द्वीका रुपमा हेरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उनको गिरफ्तारीसँगै विरोधस्वरुप अन्य विपक्षी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता गरेका थिए। तर, सिसीका चुनावी अभियानका प्रवक्ताले भने कुनै पनि उम्मेदवारलाई चुनाव लड्नबाट नरोकेको दाबी गरेको बिबिसीले जनाएको छ।

इजिप्ट सेनाले अनानको गिरफ्तारी सेनाको नियम विपरीत काम गरेको, स्वीकृति नलिएको र जाली कागजात बनाएको अभियोगमा भएको जनाएको छ। सन् २००५ देखि २०१२ सम्म सेना प्रमुख बनेका अनानले आफूले राष्ट्रपतीय चुनाव लड्छु भनेर सामाजिक सञ्जालमा पोस्ट मात्रै गरेका थिए। तर, उम्मेदवारी दर्ताको काम बाँकी नै थियो। उम्मेदवारी दर्ता अगावै गिरफ्तार गरिएका अनानलाई कायरोमा रहेको सैन्य अदालतमा लगिएको थियो।

सिसीको सत्ता मोह
सन् २०१३ मा सैन्य कूबाट सत्ता हातमा लिएका सिसीले सन् २०१४ मा भएको चुनावमा करिब ९७ प्रतिशत मत पाएका थिए। अरब आन्दोलनको लहरले छोपेको इजिप्टमा सन् २०१३ मा इजिप्सिनय इतिहासकै पहिलो निर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीलाई पदच्युत गरी सिसीले सत्ताको बागडोर सम्हालेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘यो पटकको चुनावको नतिजा पहिले नै थाहा भइसकेको छ, त्यसैले अब सबैको ध्यान मतदाताको सहभागितामा छ। यसलाई राज्य आफैंले पनि प्रोत्साहन गरिरहेको छ,’ अल अहराम सेन्टर फर पोलिटिकल एन्ड स्ट्राटेजिक स्टिडिजका सिनियर रिसर्चर जाइद अकलले अल जजिरासँग भने।

सन् २०१३ मै राष्ट्रप्रमुख बन्ने दाउमा रहेका सिसी प्रजातन्त्र बचाउनका साथै सेनाध्यक्ष र राष्ट्रपति एकै व्यक्ति बन्न नपाउने व्यवस्थाका कारण सेनाध्यक्षमा आफू अनुकूल व्यक्ति ल्याएर कार्यकारी अधिकारसहितको राष्ट्र प्रमुख बनेका थिए।

आफ्नो पहिलो ४ वर्षे कार्यकालमा सुरक्षा र स्थायित्व स्थापना गर्न सफल भएको दाबी गर्दै आएका सिसीले आफ्नो नेतृत्वमा आतंकवादी समूहविरुद्ध भएका कारबाहीलाई प्रमुखताका साथ अघि सार्ने गरेका छन्।

तर, गत नोभेम्बरमा सिनाइ प्रायद्वीपको एक मस्जिदमा भएको आक्रमणमा ३ सय मानिसको मृत्यु भएपछि भने सुरक्षा व्यवस्थाबारे प्रश्न उठेको थियो। साथै, इस्लामिक स्टेट अफ इराक एन्ड द लेभान्तविरुद्ध कारबाही चलिरहेको इजिप्टमा सुरक्षा व्यवस्थालाई प्रमुखताका साथ अघि सारिएको छ।

चुनावी एजेन्डा
सुरक्षा र आर्थिक विकास नै प्रमुख एजेन्डा रहेको इजिप्टको अहिलेको राष्ट्रपतीय चुनावलाई कतिपय मतदाताले सिसीलाई आफ्ना अपूरा काम पूरा गराउने अवसरका रुपमा हेरेका छन्।

‘सिसीले हाम्रो बृहत्तर विकासका लागि विभिन्न परियोजना अघि सारेका छन् र हामीले उनलाई फेरि एकपटक ती पूरा नभएका काम पूर्ण बनाउन मौका दिनुपर्छ,’ पहिलो पटक मतदान गर्न लागेकी २० वर्षीया जेइना सेरिफले रोयर्टसलाई भनिन्।

आतंकवादी आक्रमण र आर्थिक मन्दीका कारण पछि परेको इजिप्टमा मानवअधिकार उल्लंघन र सञ्चार माध्यममाथिको नियन्त्रण कायमै छ, तर पनि मतदाता सिसीको पक्षमा देखिएका छन्।

‘हामी सबै सिसीको समर्थन गर्दै मतदान गर्न आएका हौं। यो पटकको चुनावमा मतदान नगर्ने जो कोही पनि देशद्रोही हुन्,’ ७६ वर्षीया मतदाता साद साहाताले भनिन्।

पछिल्लो ४ वर्षमा इजिप्ट सरकारले आर्थिक विकासका विभिन्न योजना अघि सारेको छ, जसका कारण सरकारले दिँदै आएको सहुलित पनि काटिएको छ। इजिप्टमा लगानीको वातावरण बनिरहेको कुरा अन्तर्राष्ट्रिय मुद्रा कोषले इजिप्टलाई दिन स्वीकार गरेको १२ अर्ब अमेरिकी डलरको ऋण सहयोगले पुष्टि गर्छ।

बढ्दो मानवअधिकार उल्लंघनका घटना
सन् २०१३ को आन्दोलनसँगै मोर्सीको शासन अन्त्य भएपछि सत्ता हातमा लिएका सिसीले मोर्सीको मुस्लिम ब्रदरहुडलाई आतंककारी घोषणा गर्‍यो। लगत्तै इजिप्ट सरकारले ब्रदरहुड समर्थकलाई पक्राउ गर्ने क्रम सुरु गर्‍यो भने सञ्चार माध्यमलाई पनि आफ्नो नियन्त्रणमा राखिरहेको छ।

आतंकवादी क्रियाकलापविरुद्ध भन्दै चालिएको कदममा सर्वसाधरण पर्ने गरेको पाइएको छ। समय–समयमा हुने आन्दोलन र झडपका क्रममा अहिलेसम्म करिब १ हजार मानिसको मृत्यु भइसकेको छ।

मानवअधिकारवादी संस्थाहरुको तथ्याङ्कलाई आधार मान्ने हो भने, अहिले इजिप्टका जेलमा करिब ६० हजार मानिस विभिन्न अभियोगमा सजाय काटिरहेका छन्। सयौंको संख्यामा रहेका त्यस्ता बन्दीहरु मृत्युदण्डको फैसला कुरेर बसिरहेका छन्। अझ सयौं मानिसको अवस्था अज्ञात रहेको दाबी पनि मानवअधिकारवादी संस्थाहरुको छ।
(एजेन्सीहरुको सहयोगमा)
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४  ०२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित जिल्ला प्रशासन कार्यालय, मोरङले २०८३ असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभागमा उपस्थित गराएको थियो।  २४ जना दक्षिण क... बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति मन्त्रालयको ६ महिनाको उपलब्धी जानकारी दिन बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्... बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! कार्यालयले यससम्बन्धी परिपत्र मातहतका कार्यालयमा पठाउँदै सङ्गठित अपराधको आरोप स्थापित नभएको अवस्थामा मिलापत्र हुन सक्ने अन्य कसुरमा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्