एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० जना रसियन कुटनीतिज्ञलाई अमेरिका छाड्न निर्देशन दिएका छन्। गुप्तचरी गरेको आरोपमा उनले सात दिनभित्र देश छाड्न निर्देशन दिएका हुन्।
पूर्व रसियन जासुस सेरजेई स्क्रीपल र उनका छोरीलाई विषादी सेवन गराई बेलायतमा हत्या प्रयासको घटनाको प्रतिक्रियास्वप राष्ट्रपति ट्रम्पले रसियाविरुद्ध कडा कदम चालेको अमेरिकन सञ्चारमाध्यमकरुले जनाएका छन्।
बेलायतमा बस्दै आएका स्क्रीपललाई दोहोरो जासुुसी गरेको आरोपमा रसियाले गोप्य रुपमा उनको हत्या प्रयास गरेको समाचारहरु सार्वजनिक भइरहेका छन्।
उक्त घटनापछि बेलायत र रसियाबीच सम्बन्ध चिसिएको छ। सोही घटनापछि बेलायतले २३ जना रसियन कुटनीतिज्ञलाई रसिया निष्काशन गरिसकेको छ। बेलायतको सो निर्णयपछि रसियाले पनि २३ बेलायती कुटनीतिज्ञलाई देश छाड्न भनेको छ। बेलायतको लगाएको आरोप गलत भएको रसियन अधिकारीहरुको दाबी छ।
पूर्व सैनिक रसियन गुप्तचर रहेका स्क्रीपलले रसियाका गोप्य सूचना बेलायत लगायत देशलाई दिएको बताइएको छ।
ट्रम्प र रसियन राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्बन्ध सुधारको प्रयास भइरहेको भनिएका बेला अमेरिकाले रसियाविरुद्ध कडा कदम लिएको हो। राष्ट्रपछि पुनः निर्वाचित भएकोमा गत साता मात्र ट्रम्पले पुटिनलाई बधाई दिदै सम्बन्ध सुधार हुने अपेक्षा व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।