काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल नागरिक उड्डयन विधयेक नरोकिने बताएका छन्।
नागरिक उड्डन प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा मन्त्री भट्टराईले यो विधयेक अघि बढ्ने बताएका हुन्। वार्षिकोत्सव कार्यक्रममा मन्त्री भट्टराईले ट्रेड युनियनका नेताहरुको अभिव्यक्तिको पनि जवाफ दिएका थिए।
मन्तव्य राख्ने क्रममा आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्रवण यादवले विधये अघि बढाए आन्दोलन गर्ने र हात काट्न पनि आफूहरु पछि नपर्ने अभिव्यक्ति दिएपछि भट्टराईले त्यसको जवाफ दिएका थिए। मन्त्री भट्टराईले भने, 'ह्याप्पी बर्थडे भन्नुपर्ने ठाउँमा कात्रो ल्याउछौँ भन्ने?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।