काठमाडौं- नेप्सेमा सोमबार कारोबार खुलेको एक घन्टा नपुग्दै ३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको बजार अन्ततः ५१ दशमलब ८९ प्रतिशतले घटेर १ हजार १ सय ६८ दशमलब ८९ को बिन्दुमा आइपुगेको छ।
यो दिन कारोबार खुलेदेखि नै ओरालो लागेको बजारमा कारोबार रकम भने बढेको छ। ४७ करोड ३३ लाख ९५ हजार ४ सय ११ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। साताको अन्तिम कारोबारको दिन बिहीबार ४३ करोड ८२ लाख ५६ हजार १ सय ३४ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएका थिए।
सोमबारको कारोबारमा आएको सबै समूहमा गिरावट आएको छ। बिमा समूह अन्तर्गत आएका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यो समूहमा ३ सय ८३ दशमलब ९२ अंकको गिरावट आएको छ। त्यस्तै, होटल समूह ८१ दशमलब ३४ अंकले घटेको छ।
कमाउनेमा २ कम्पनी
सोमबार बजार उच्च अंकले घट्दा कमाउनेमा दुई कम्पनीका लगानीकर्ता छन्। यस दिन कमाउनेमा प्रोग्रेसिभ फाइनान्स र स्वदेशी लघुवित्तका लगानीकर्ता रहेका छन्। फाइनान्सको सेयर मूल्य १४ रुपैयाँ अर्थात् ९ दशमलब ८६ प्रतिशतले बढेको छ। यस्तै, स्वदेशी लघुवित्तको सेयर मूल्य १० रुपैयाँ अर्थात् १ दशमलब ९२ प्रतिशतले बढेको छ।
यता १३ कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब १० प्रतिशतले घटेको छ। सोमबार सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्सका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ८१ रुपैयाँले घटेको छ। त्यस्तै, राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय १२ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।