• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

औद्योगिक करिडोरमा नयाँ वर्षदेखि विद्युतभार कटौती अन्त्य गरिने, प्राधिकरणको यस्तो छ तयारी

64x64
नेपाल लाइभ सोमबार, चैत १२, २०७४  ०५:२३
1140x725

रमेश लम्साल/रासस

काठमाडौँ- सरकारले ‘नयाँ साल नयाँ उत्साह र नयाँ सञ्चार नयाँ सरकार’को अवधारणासहित आगामी बैसाखको अन्तिम सातादेखि औद्योगिक करिडोरमा समेत विद्युत्भार कटौतीको अन्त्य गर्ने भएको छ। 

उद्योगी तथा व्यवसायीले औद्योगिक क्षेत्रमा हाल पनि दैनिक ४ घन्टा विद्युतभार कटौती भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि ऊर्जा मन्त्रालयको तर्फबाट त्यसको तयारी गरिएको हो। नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रको आइतबार साँझ स्थलगत अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७५ साल बैसाख महिनाको अन्तिम सातादेखि नै औद्योगिक क्षेत्रलाई पूर्णरुपमा विद्युत उपलब्ध गराउन निर्देशन दिए। 'नयाँ साल, नयाँ उत्साह, नयाँ सञ्चार र नयाँ सरकारको अनुभूति दिलाउन बैसाखको अन्तिम सातादेखि नै औद्योगिक क्षेत्रमा पूर्णरुपमा विद्युत् उपलब्ध गराउनुस्,' उनले भने।

ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्राधिकरणका उच्च कर्मचारीलाई मन्त्री पुनले सो निर्देशन दिएका हुन्। औद्योगिक करिडोरमा प्राधिकरणले गर्दै आएको विद्युतभार कटौती हटाउन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायतका संस्थाले सरकारसँग आग्रह गर्दै आएका थिए। 

नदीमा पानीको प्रवाहसमेत बढ्ने भएकाले विद्युत्भार कटौती अन्त्य गर्ने प्राधिकरणले तयारी गरेको थियो। प्राधिकरणले भने आगामी जेठदेखि औद्योगिक करिडोरमा भइरहेको विद्युत् कटौती अन्त्य गर्ने तयारी गरेको थियो। तर मन्त्री पुनले नयाँ सन्देश दिनका लागि नै भएपनि बैसाखको अन्तिम सातादेखि नै औद्योगिक करिडोरमा विद्युतभार कटौतीको अन्त्य गर्न निर्देशन दिएका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

हाल साँझको समयमा प्राधिकरणले घरायसी प्रयोजनका लागि विद्युत् आवश्यक भएकाले औद्योगिक करिडोरमा विद्युत् आपूर्ति बन्द गर्दै आएको छ। उद्योगमा साँझको समयमा २५० मेगावाट बराबरको विद्युत् माग हुँदै आएको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीको मागबारे आफू जानकार भए पनि माग र आपूर्तिमा सन्तुलन मिलाउन साँझको बढी विद्युत् माग हुने समयमा औद्यौगिक करिडोरको विद्युत् कटौती गर्ने गरिएको बताए।

हाल नेपाल विद्युत् प्राधिकरणको उत्पादन ३५६ मेगावाट रहेको छ। त्यसमा कुलेखानी पहिलो र दोस्रो जलाशययुक्त आयोजना हुन् भने अरु सबै आयोजना नदी प्रवाही आयोजना हुन्। प्राधिकरणले मध्यमर्स्याङ्दी, कालीगण्डकी जस्ता आयोजनालाई अर्ध जलाशययुक्त ढाँचामा दिनभरि पानी जम्मा गरेर साँझमा मात्रै चलाइरहेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

निजी क्षेत्रका आयोजनाले हाल १४५ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेका छन्। नदीमा पानीको प्रवाह घटेका कारण आयोजनाबाट उत्पादित विद्युतको मात्रा एकदमै न्युन रहेको छ। हाल भारतबाट ४६० मेगावाट विद्युत् आयात भइरहेको छ। 

प्राधिकरणको भारप्रेषण केन्द्रकाअनुसार हाल विद्युत् माग एक हजार २५० मेगावाट रहेको छ। साँझको समयमा करीब २७० मेगावाट विद्युत् अपुग हुने गरेको छ। अपुग विद्युत् औद्योगिक करिडोरलाई कटौती गरेर घरायसी रुपमा प्रयोग गरिएको छ। 

भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले केन्द्रले दिने सेवा तथा सुविधाका बारेमा मन्त्री, सचिव र कार्यकारी निर्देशकलगायतलाई जानकारी गराएका थिए। वीरगन्ज, हेटौँडा र विराटनगर औद्योगिक करिडोरमा विद्युत्को माग बढी रहेको छ। साँझको समयमा उद्योगले खपत गर्ने विद्युत्को मूल्य अरु समयको भन्दा बढी महँगो पर्ने भएकाले पनि उद्योगले लिने गरेका छैनन्। 

सो अवसरमा सामान्य प्राविधिक अवस्थामा बाहेक प्राधिकरणले कुनै पनि स्थानमा विद्युतभार कटौती नगरेको तथा प्राविधिक समस्याका कारण विद्युत् काटिनुलाई ‘लोडसेडिङ’ नभन्न समेत आफूहरुले उपभोक्तालाई आग्रह गरेको कार्यकारी निर्देशक घिसिङले जानकारी गराए।रासस

प्रकाशित मिति: सोमबार, चैत १२, २०७४  ०५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्