काठमाडौ– सिजी फुड्स र ग्लोकल प्रालिबीच ग्लोकल टिन हिरोलाई पुनः ‘वाइवाइ ग्लोकल टिन हिरो’को रुपमा अघि बढाउने सम्झौता भएको छ।
‘वाइवाइ ग्लोकल टिन हिरो’ ग्लोकल खबरले सुरु गरेको एक कार्यक्रम हो। किशोर–किशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रष्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदरस्वरुप समाजमा नै चिनाउने कार्यक्रम भएको कम्पनीले जनाएको छ।
‘वाइवाइ ग्लोकल टिन हिरो’का लागि २०७५ वैशाख २२ मा आवेदन खुल्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।