विराटनगर– धरानको मुख्य क्षेत्र भानुचोक नजिकै शंकास्कपद वस्तु फेला परेको छ।
निकेतन स्कुल जाने बाटोको छेउमा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ। घण्टाघरको पछािडपट्टी रहेको उक्त स्थान आसपास बिहानैदेखि त्रास फैलिएको छ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले उक्त वस्तु बम हो/होइन जाँच गर्नका लागि नेपाली सेनाको टोली बोलाईएको बताए।
धरान–१३ स्थित फुस्रेबाट सेनाको टोली आएपछि थप जानकारी प्राप्त हुने उनको भनाई छ। प्रहरीले आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। शंकास्पद वस्तु भएको छेउछाउमा सर्वसाधारणलाई जान रोक लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।