• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

महाकालीमा चारलेनको पुल निर्माणकोे तयारी

64x64
नेपाल लाइभ मंगलबार, भदौ १३, २०७४  १४:१६
1140x725

भीमदत्तनगर, १३ भदौ । कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणका लागि शिलान्यासको तयारी गरिएको छ । 

आठसय मिटर लम्बाइ रहेको उक्त पुलको आगामी बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । 

यसका लागि पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ ओदालीसित महाकाली नदी किनारमा आवश्यक तयारी गरेको छ । महाकाली पुल योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले पुलको शिलान्यासका लागि प्रधानमन्त्री भीमदत्तनगर आउने कार्यक्रम तय भइसकेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री देउवासँगै पुल शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, यातायात राज्यमन्त्री, मन्त्रालयका सचिव, विभागीय प्रमुखलगायतको सहभागिता रहने कार्यक्रम रहेको महाकाली पुल योजना कार्यालयले जनाएको छ । 

“पुल निर्माणका लागि निर्माण कम्पनीसित ठेक्का सम्झौता भइसकेकाले अब काम तत्काल अगाडि बढ्छ ।” पन्तले भन्नुभयो– “पुल निर्माणका लागि रकमको कुनै समस्या हुँदैन ।” 

सरकारले पुल निर्माणका लागि चालु आवमा रु ९९ करोड ६५ लाख रकम विनियोजन गरेको छ जसमध्ये रु १० करोड रकम पुलसँगै निर्माण हुने सडकका लागि जमिन मुआब्जामा खर्च गरिने भएको छ । रु तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ । 

पुल निर्माणस्थल ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म चार लेनको सात किलोमिटर सडकसमेत निर्माण हुनेछ भने पुल छेउछाउमा मजबुत तटबन्धसमेत निर्माण गरिनेछ । पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले पनि निर्माणका लागि आवश्यक सुरुवाती काम थालिसकेको छ । 

कुमार श्रेष्ठ निर्माण सेवाका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठ (पिके श्रेष्ठ) ले पुल निर्माणका लागि महाकाली नदी छेउमा क्याम्प स्थापना गर्नुका साथै विभिन्न मेसिनसमेत जडान गरिरहेको जानकारी दिनुभयो । 

Ncell 2
Ncell 2

“पुलको काम दिनरात गरेर दु्रतगतिमा अगाडि बढ्छ ।” उहाँले भन्नुभयो– “निर्माण संबद्ध पक्षबाट कुनै खालको समस्या आउँदैन ।” स्क्रीनिङ प्लान्टलगायतका विभिन्न संरचना स्थापना गर्ने काम जारी रहेको पनि निर्माण कम्पनीले जनाएको छ । “दशैँलगत्तै पुलको काम दु्रतगतिमा चल्छ ।” श्रेष्ठले भन्नुभयो– “अहिले शिलान्याससँगै अन्य काम हुनेछन् ।” गत चैत महिनामा पुल योजनाको कार्यालय महेन्द्रनगरमा स्थापना भएको थियो । 

त्यसैगरी, पुल निर्माणको सुरसार भएसँगै महाकाली किनार क्षेत्रका बस्तीमा भने खुसीयाली छाएको छ । पुलसँगै सडक र तटबन्ध निर्माण हुने खबरले स्थानीयवासी हर्षित छन् । 

“अब त पुल बनेपछि आवागमन सहज हुनुका साथै यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने भन्दै स्थानीयवासी हर्षित छन् ,” पुल निर्माणस्थल भीमदत्तनगरपालिका–१२ का वडाध्यक्ष कृष्ण देउवाले भन्नुभयो– “सडक सञ्जाल विस्तार हुने जमिनमा ऐलानी बसोबास रहेकाले सोको व्यवस्थापनका लागि सघन छलफल गरिरहेका छौँ ।” 

उहाँले सडक विस्तारका क्रममा ऐलानीमा दशकौँदेखि बस्दै आएका स्थानीयलाई घरबास व्यवस्थापनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासित पनि गुहार माग्ने योजना बनिरहेको सुनाउनुभयो । 

त्यसैगरी, सँगै जोडिएका भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले पुल निर्माणले सुदूरपश्चिमकै आर्थिक विकासमा सहयोग पुग्नेमा आशावादी रहेको बताउनुभयो।

“स्थानीयवासी पनि पुल बने किनारमा व्यापार÷व्यवसाय फष्टाउने भयो भनेर खुशी छन्,” वडाध्यक्ष शाहीले भन्नुभयो– “यो पश्चिमकै ठूलो आर्थिक नाकाका रुपमा विकास भए हाम्रो बस्ती त्यसै विकसित हुन्छ ।” रासस 

प्रकाशित मिति: मंगलबार, भदौ १३, २०७४  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
कोरलास्थित सीमा क्षेत्रमा संयुक्त गस्ती सोमबार, मंसिर २९, २०८२
सर्लाहीमा प्रहरीले गर्‍यो ४० बिघा गाँजा फँडानी सोमबार, मंसिर २९, २०८२
सिड्नी गोलीकाण्डः मृतकको संख्या १६ पुग्यो सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले राखे छुट्टै अवधारणा पत्र आइतबार, मंसिर २८, २०८२
सन्दीप लामिछानेले बीपीएलमा राजशाही वारियर्सबाट खेल्ने आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्