• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

महाकालीको पानीमा भारतको आँखा, सारदा-यमुना जोड्न नेपालको सहयोग खोज्दै

64x64
नेपाल लाइभ आइतबार, चैत ११, २०७४  ००:२०
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण (चैत २३-२५) का क्रममा भारतले सारदा नदी (नेपालमा महाकाली) लाई यमुना नदीमा जोड्ने महत्वाकांक्षी योजनाबारे कुरा उठाउने संकेत देखिएको छ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अन्तर्गत महाकाली नदीमा उच्च बाँध बनाई पानीको ठूलो हिस्सा भारत लैजाने उद्देश्यसहित भारत सरकारले यो प्रस्ताव उठान गर्ने संकेत देखिएको हो। त्यसका लागि भारतले आफ्नोतर्फबाट तयारी समेत गरिरहेको भारतीय सञ्चार माध्यमले लेखेका छन्।

भारतले आफ्नो पवित्र नदी यमुना ब्युँताउनका लागि नेपालको सहयोग खोजेको हो। पानी सुक्दै गएपछि खतरामा परेको यमुना नदी ब्युँताउन भारतले नेपालसँग सहयोग चाहेको छ।

अन्तरदेशीय नदी सञ्जाल स्थापना गर्ने योजना अनुसार भारतीय सरकारले नेपाल सरकारसँग सारदा नदी अर्थात् महाकाली नदीको पानी यमुनामा मिसाई यसलाई ब्युँताउने प्रक्रिया थालेको हो।

महाकाली नदीको पानीलाई दिल्ली नजिकै रहेको यमुनामा मिसाउने भारतीय पक्षको प्रस्ताव रहनेछ।

तर, प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणमा यो विषयबारे नेपालले के तयारी गरिरहेको छ भन्ने अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन।

त्यसो त दुई देशबीच कुनै विषयमा सम्झौता गर्नुपर्ने हुँदा नेपाली पक्ष खासै तयारी बिना प्रस्तुत हुने र पूरा तयारीका साथ आउने भारतीय पक्ष हाबी हुने पुरानै चलन रहेको परराष्ट्र सम्बन्धी जानकारहरु बताउँछन्।

‘तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ मंसिरमा गुपचुप रुपमै भारत भ्रमणका बेला टनकपुर सम्झौता गरे। त्यसको ठूलो विरोध भयो। पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५२ सालमा विवादित टनकपुर सम्झौतालाई समेत समेट्ने गरी महाकाली सन्धि गरे। नेपाललाई हित हुनेगरीको तयारी बिना गरिएको उक्त सन्धिले नेपालमा ठूलै हंगामा ल्यायो।  त्यसले नेपाली राजनीतिमै उथलपुथल ल्याइदियो,’ एक जना परराष्ट्रविदले भने, ‘अहिले पनि नेपाली पक्षबाट त्यही गल्ती नदोहोरिला भन्न सकिँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

स्मरण रहोस्, महाकाली सन्धिकै विषयलाई लिएर चरम विवादमा पुगेको नेकपा एमाले २०५४ सालमा फुटेको थियो। देउवाले गरेको सन्धिलाई २०५३ असोजमा संसदको दुईतिहाइ बहुमतले पारित गरेको थियो। वर्तमान प्रधानमन्त्री ओली, नेता माधवकुमार नेपाल महाकाली सन्धिको पक्षमा थिए भने विपक्षमा रहेका सिपी मैनाली, वामदेव गौतम लगायतका नेताले पार्टी फुटाएर नेकपा माले बनाएका थिए।

‘यो प्रस्ताव सचिवहरुको एक समितिले पारित गरिसकेको छ र भारतीय विदेश मन्त्रालयलाई यस विषयमा छलफल सुरु गर्नका लागि परिपत्र समेत गरिसकिएको छ,’ भारतका जल प्रशासन विभागका सचिव युपी सिंहले हिन्दुस्तान टाइम्समा भनेका छन्।

अहिलेको यो प्रस्ताव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ३१ वटा नदीमा बगिरहेको र बढी भएको पानीलाई खडेरी परेका ठाउँमा लैजाने महत्वाकांक्षी योजना अन्तर्गत छ।

दक्षिण भारतका १६ र हिमालयसँग जोडिएका १५ नदीको पानी सदुपयोग गर्ने महत्वकांक्षी योजना अन्तर्गतको एक योजना महाकालीको पानी यमुनामा जोड्नु पनि हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मोदी नेतृत्वको सरकार आएपछि यो काम अगाडि बढेको छ। जसअन्तर्गत नेपालमा नेपाली कांग्रेस नेतृत्वको सरकार आएपछि यसबारे भारतले छलफल अगाडि बढाएको थियो।

नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले सारदा–यमुना परियोजनामा सहकार्य गर्न सहमति दिएको उक्त योजनाबारे अध्ययन एवं छलफलमा संलग्न रहेका भारतीय अधिकारीहरुले बताएका छन्।

पञ्चेश्वर आयोजनाको ड्याम बनाउने विषयमा भारतीय पक्षको तयारी पूरा भइसकेको अवस्थामा नेपालमा हालै बनेको नयाँ सरकारको चासो पर्खिएर बसिरहेको र कुरा भइसकेपछि मात्रै पुनः प्रस्ताव टेबल गर्ने भारतको जल प्रशासन विभागका सचिवले उल्लेख गरेका छन्।

सारदा नदीको पानी यमुना नदीमा मिसाउनका लागि उत्तराखण्ड र उत्तर प्रदेश हुँदै दिल्लीसम्म पुर्याउने भारतीय योजना हो। प्रारम्भिक खाकामाथि उत्तराखण्ड र उत्तर प्रदेशको सरकारले पनि सहमति जनाइसकेका छन्।

भारतको राष्ट्रिय जलविकास आयोगले सारदा–यमुना परियोजनाबारे सम्भाव्यता अध्ययन गरिसकेको र नेपालसँग सम्वाद सुरु भएपछि यसको संरचनाबारे अन्तिम निर्णय लिने बताइएको छ।

नेपाल र भारत सरकारबीच महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा २०५२ माघ २९ मा सन्धि भएको थियो। ६ हजार ७ सय २० मेगावाट क्षमताको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम भने हुन सकेको छैन। दुवै देशको लगानीमा संयुक्त रुपमा सञ्चालन गर्ने भनिएको यो आयोजना अघि नबढ्नुमा भारतीय पक्षको स्वार्थ्य हाबी हुनु नै प्रमुख कारण रहेको जलस्रोतविद्हरु बताउँछन्।

नेपालको चासो रहेको पञ्चेश्वर उच्च बाँध तथा रुपालीगाड रि–रेगुलेटिङ बाँध आयोजनाको प्रारम्भिक लागत ३ सय ३६ अर्ब अनुमान गरिएको थियो। उक्त परियोजनालाई नेपालले बिजुली उद्पादन, सिँचाइ र पर्यटनका हिसाबले महत्वपूर्ण मानेको छ। तर, भारतले बिजुली उत्पादनलाई भन्दा महाकालीको अधिकतम पानी सदुपयोग गर्ने शर्तलाई प्राथमिकतामा राख्दै आएको छ।

यसै पनि भारतीय पक्षले नेपाली नदीबाट बिजुली उत्पादन गर्ने भन्दा पनि पानी प्रयोग गर्ने रणनीति अपनाउँदै आएको विज्ञहरु बताउँछन्। यही रणानीति अन्तर्गत सारदा-यमुना परियोजनाको प्रस्ताव भारतीय पक्षले उठाउने तयारी गरेको बुझिन्छ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०७४  ००:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत?
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्