• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरीमा बलात्कार घटना : कानुनी छिद्र र मिलापत्रबाट उम्किँदै दोषी

64x64
नेपाल लाइभ आइतबार, चैत ११, २०७४  ०१:१९
1140x725

राजविराज– 

घटना १ 

फागुन १४ गते विवाहको भोज खाएर झमक्क साँझ परेपछि घर फर्किंदै गर्दा सुरुंगा नगरपालिका ३ की १६ वर्षीया एक किशोरीमाथि बलात्कारको प्रयास भयो। मुख थुनेर किशोरीलाई गाईको गोठमा पुर्‍याइयो। तर, को पहिला भन्ने विषयमा संलग्नहरुबीचमै विवाद भयो र घटनाबारे गाउँलेले थाहा पाए।

तर, संलग्नलाई कारबाही गर्नुको साटो गाउँका ठूलाबडा र भद्रहरुले नै जोगाउने प्रयास सुरु गरे। प्रहरीलाई जानकारी नदिन उर्दी जारी गरियो र राति नै गाउँमा पञ्चायती (बैठक) बोलाइयो। घटनाको मिलापत्र गर्न मोलमोलाइ हुँदा १३ लाख ५० हजार रुपैयाँ दिनुपर्ने सर्तसहित पीडितकी आमाको नाममा कपाली तमसुक तयार गरी संलग्न ४ जनालाई सहीछाप गराइयो।

मुख्य आरोपित मोहन मण्डल खत्वेले ४ लाख ५० हजार तथा मसुन खत्वे, बद्री खत्वे र पवन खत्वेले जनही ३/३ लाख रुपैयाँ तिर्नेगरी सहमति गरेर तयार गरिएको कपाली तमसुकमा वास्तविक घटना उल्लेख नगरी चारै जनाले ऋण लिएको उल्लेख छ।

यसैबीच, प्रहरीले घटनाबारे सुइँको पायो। 

‘सामूहिक बलात्कार प्रयासको घटना लाखौंको लेनदेनमा मिलापत्र गरेको थाहा पाएपछि हामी स्तब्ध भयौं’, सप्तरीका एसपी मुकेशकुमार सिंह भन्छन्, ‘त्यसपछि हामीले फागुन २३ गते चारै जना आरोपितलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थाल्यौं।’ 

जिल्ला अदालत सप्तरीबाट म्याद थप गराई उनीहरुमाथि जबर्जस्ती करणीमा मुद्दा दर्ता गरिएको एसपी सिंहले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

घटना २

फागुन पहिलो साता मात्रै आफ्नै बहिनीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले खडक नगरपालिका ९ लालपत्ताका १८ वर्षीय राजदेव मण्डललाई पक्राउ गर्यो । उनले १३ वर्षीया पार्वतीकुमारी मण्डलको बलात्कार गरी कुर्ताको तुनाले घाँटी कसेर हत्या गरेको प्रहरीको निष्कर्ष छ। बलात्कारपछि बालिका चिच्याएकाले अरुले थाहा पाउने डरले हत्या गरिएको एसपी सिंहले बताए।

त्यसपछि पनि परिवारका सबै मिलेर घटनालाई दबाउने प्रयास गरे। बालिकाको शव जलाउने प्रयास हुँदै गर्दा मावलीतर्फका हजुरबाले चलाखी गरे। उनले ‘शरीर तातो छ, उपचार गराउनुपर्छ’ भन्दै स्थानीय मेडिकल पसलमा पुर्‍याए। बालिका मरिसकेको थाहा पाएपछि मेडिकलले बहाना बनाएर लहान अस्पताल पठायो र घाँटीमा डोरीको डाम देखिएपछि अस्पतालले प्रहरीलाई जानकारी गराउँदा घटना सार्वजनिक भयो। 

पोस्टमार्टमका क्रममा डाक्टरले नै बलात्कारको आशंका गरेको र अनुसन्धानका क्रममा सबै कुरा खुल्दै गएको प्रहरीले जनाएको छ। तर, अनुसन्धानमा परिवारका सदस्यले पूरै असहयोग गरेको एसपी सिंह बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटना ३

माघको पहिलो साता क्लिनिकमा आएकी सेवाग्राही किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा आफूलाई डेन्टिस्ट बताउने हृदयनारायण झा राजविराजबाटै पक्राउ परे। वडा नम्बर ७ मा आरती डेन्टल क्लिनिक सञ्चालन गरेका वडा १ पडरिया निवासी झाले कार्यस्थलमै सेवाग्राही किशोरीमाथि बलात्कारको प्रयास गरेको प्रहरीले आरोप लगायो। साथमा आएकी आमालाई औषधि पसलमा राखेर किशोरीलाई क्लिनिकभित्र लगी उनले बलात्कार प्रयास गरेको डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए। 

पुस २७ गते भएको सो घटनालाई गाउँमै मिलापत्र गराउने प्रयास भयो, पीडकले पैसा दिएर घटना दबाउने प्रयास गरे। प्रहरीलाई समेत मिलापत्र गराइदिन दबाव पर्‍यो। पैसाको चलखेल र मिलापत्रको प्रयासकै बीच प्रहरीले झालाई पक्राउ गरी मुद्दा दर्ता गर्‍यो। तर, उनी धरौटीमा छुटे। उनी नक्कली डाक्टर भएको खुलासा पनि भए पनि त्यतातिर कारबाही भएन।

सप्तरीमा बलात्कारका घटना कसरी बढिरहेका छन् भन्ने देखाउन माथिका तीन घटना प्रतिनिधि हुन्। तर, पीडितको संख्या भने यतिमा सीमित छैन। सप्तरीमा फागुन महिनामा मात्रै बलात्कारका ८ घटना भए। जसमध्ये ५ जना पीडित बालिका छन्। बलात्कारमा संलग्न भएको आरोपमा एक बालक प्रहरी नियन्त्रणमा छन्।

प्रहरीले सबै घटनाका गरी ८ जना आरोपितलाई पक्राउ गरेको छ। शम्भुनाथ ५ का गेनाइ राम, ३ का एटलान्टिक चौधरी, अजय चौधरी, विष्णुपुर गाउँपालिका ७ का इसराइल मियाँ, जिवछ राम, सिरहा भगवानपुर गाउँपालिका १ का बैजनाथ दास र बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका ५ का खेमराज वैस्य पक्राउ परेका छन्। अन्य ६ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

बलात्कारका घटना वृद्धिका कारकः ‘इन्टरनेटमा सहज पहुँच र खुला सिमाना’

इन्टरनेटको सहज पहुँचले बलात्कार लगायतका आपराधिक घटना बढाउन मद्दत गरिरहेको जानकारहरु बताउँछन्। प्रविधिको दुरुपयोग बढेकाले यस्ता घटनामा वृद्धि भएको नागरिक सञ्जाल सप्तरीका अध्यक्ष सुखराम यादवले बताए।

‘इन्टरनेटको सहज पहुँचले मोबाइलमै यौनजन्य चलचित्र हेर्ने प्रवृत्ति बढेको छ’, यादव भन्छन्, ‘यसले मानिसलाई आफू के गर्दै छु भन्ने कुरा समेत बिर्साउँछ। अन्य अपराधका घटना पनि यसैगरी भइरहेका छन्।’

यस्तै, भारतीय खुला सिमानाका कारण पनि बलात्कार तथा आपराधिक क्रियाकलाप बढेको सप्तरीका एसपी सिंह बताउँछन्। उनी भन्छन्, ‘अपराध गरेर भारत छिर्ने सहजताले अपराध बढेको छ।’

विष्णुपुर गाउँपालिका ७ की २२ वर्षीया महिलालाई बलात्कार गरी भारतीय क्षेत्रमा लुक्न पुगेका आरोपित इसराइल मियाँलाई पक्राउ गरी चैत ४ गते नेपाल ल्याइएको प्रसंग कोट्याउँदै उनले थपे, ‘घटना भएको दिन फागुन ११ गतेदेखि नै भारतमा लुकेर बसेका मियाँलाई हामीले अन्धरामण्ठ थाना महथौर ग्राम पञ्चायतबाट पक्राउ गरेर ल्यायौं।’

राजनीतिक संरक्षण र मिलापत्र

समाजमा भएका विवाद र समस्यालाई गाउँमै मिलाउने मान्यता स्थापित हुँदै जाँदा बलात्कार र हत्या जस्ता जघन्य अपराध समेत मिलापत्रमा टुंग्याउन थालिएको छ। घटना सार्वजनिक नगर्न सामाजिक दबाव दिने र त्यसले पनि नभए आर्थिक प्रलोभनमा पारेर पीडितको मुख बन्द गराउने अभ्यास बढेको छ।

यस्ता प्रचलनले संलग्नहरुले सहजै उन्मुक्ति पाउने र उनीहरुसँगै आपराधिक मनोवृत्ति भएका अन्य व्यक्तिहरुको पनि मनोबल बढ्दै जाँदा एकपछि अर्को घटनाले निरन्तरता पाएको जानकारहरुको विश्लेषण छ।

अर्कोतर्फ, घटना सार्वजनिक भइहाले राजनीतिक दलका नेता/कार्यकर्ताको दबावमा मुद्दा कमजोर बनाइने र न्यूनतम दण्ड सहेर आरोपितहरु रिहा हुने गरेकाले पनि यस्ता घटनाले निरन्तरता पाएको उनीहरुको भनाइ छ।

अपराध गर्नेले अदालतबाट सहजै उन्मुक्ति पाउन थालेपछि त्यसको असर अनुसन्धानमा खटिने प्रहरी अधिकृतमा पनि पर्ने र प्रहरीमा नैरास्यता बढेर मुद्दा कमजोर हुने गरेको कतिपय अधिकारीहरु नै स्विकार्छन्। तर, एसपी सिंहले भने अदालतको कारबाहीका विषयमा आफूले बोल्न नमिल्ने बताउँदै राजनीतिक दबाव र मुद्दा कमजोर बनाएको विषयलाई भने अस्वीकार गरे।

कानुनी प्रावधान र अहिलेको अवस्था

मुलुकी ऐनको जबर्जस्ती करणी महलमा १० वर्षमुनिका बालिकालाई करणी गरे १५ वर्षसम्म, १० देखि १५ वर्ष बीचकोमा ८ देखि १२ वर्ष, १५ देखि १६ वर्षकोमा ६ देखि १० वर्ष, १६ देखि २० वर्षकोमा ५ देखि ८ वर्ष र २० वर्षभन्दा माथिकोलाई करणी गरे ५ देखि ७ वर्ष कैदको व्यवस्था गरिएको छ।

गर्भवती, अपांगता लगायतका संवेदनशील अवस्थामा थप ५ वर्ष र एचआइभी/एड्स सार्ने मनसायले करणी गरेको पाइए थप १ वर्ष कैद सजायको व्यवस्था छ। हाडनातामा परे अझै थप सजायको व्यवस्था छ।

यसैगरी लोग्नेले स्वास्नीलाई जबर्जस्ती गरे ३ देखि ५ वर्षसम्म जरिवाना हुने व्यवस्था छ। यस्ता घटनामा जमानतको सुविधा छैन। तर, सप्तरीमा भएका कतिपय घटनाका आरोपितहरुले अदालतबाट सफाइ पाउने र गाउँमा गएर रवाफ जमाउने गरेकाले घटना न्यूनीकरण हुनुको साटो बढिरहेको बताउनेहरुको पनि कमी छैन।

‘कारबाही भनेको डराउन, तर्साउन, अल्झाउन र पीडितलाई न्याय दिनका लागि हुनुपर्छ, जसले अपराध गर्न भय पैदा गरोस् र पीडितलाई पनि राहत मिलोस्। तर, यस्तो भइरहेको छैन’, इन्सेकका सप्तरी प्रतिनिधि मनोहर पोखरेल भन्छन्, ‘यति ठूलो गल्ती गर्दा पनि सजाय नै नभएको तथा थोरै सजाय पाएको भनेर अपराधी नै खुसी हुने अवस्था छ।’ आरोपितहरुले सहजै उन्मुक्ति पाउँदा अपराधीले न्याय प्रक्रियालाई नै खुइल्याउने परिपाटी बढ्दै गएको उनले बताए।

इन्सेकको तथ्यांक अनुसार ०७३ पुस १७ गतेदेखि ०७४ पुस १६ गतेसम्ममा सप्तरीमा बलात्कारका १४ वटा घटना भएका थिए। जसमा २५ आरोपितमध्ये १२ जना पुर्पक्षका लागि थुनामा गए भने ८ जना फरार भए। दुई बालकसहित तीन जनालाई अदालतले धरौटीमा रिहा गर्‍यो। यसैगरी, आरोपितहरूले विवाह गर्ने प्रतिबद्धता जनाएपछि २ जना पीडितको ‘होस्टाइल’ (बयान परिवर्तन) हुँदा थुनामा रहेका दुई जनाले पनि सफाइ पाएको पोखरेल बताउँछन्।

‘समाजले दोषी ठहर गरिसकेको व्यक्ति कागज र कानुनी छिद्र प्रयोग गरेर उन्मुक्ति पाउँदै जानु पनि अपराध बढ्नुको प्रमुख कारण हो’ भन्छन् कतिपय कानुन व्यवसायीहरु। अर्कोतर्फ, पैसा र दबावमा परेर पीडितले बयान फेर्ने र आरोपित सहजै उम्किने गरेका घटना पनि बढ्दै गएका छन्।

‘बलात्कारका अधिकांश घटना अहिले पनि गाउँमै सल्टाउने गरिएको र नमिलेका घटना मात्रै तोडफोड गरेर अदालतसम्म आउने गरेका छन्’, कानुन व्यवसायी सुजित पोखरेल भन्छन्, ‘अदालतमा पेश भएका मुद्दामा समेत पीडितले मिलापत्र गरी बयान फेरेर आरोपितहरु छुटेका घटना प्रशस्त छन्।’

सचेतनामा जोड

बलात्कारले निरन्तरता पाउन थालेपछि घटना न्यूनीकरण गर्न प्रहरीले गाउँगाउँमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी सुरु गरेको छ। इन्स्पेक्टर सुजाता तुम्बाहाम्फेको नेतृत्वमा टोली गठन गरी जिल्लाको विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, चैत ११, २०७४  ०१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्