एजेन्सी- संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदले इजरायल विरुद्ध पाँच वटा खेद प्रस्ताव पारित गरेको छ। सो प्रस्ताव पारित भएसँगै अमेरिकाले आफ्नो धैर्यको बाँध भत्किएको भन्दै परिषदबाट हट्न सक्ने धम्की दिएको छ।
अमेरिकी राजदूत निक्की हेलीले इजरायल विरुद्ध परिषदको रवैया पक्षपातपूर्ण रहेको बताएको छ। उनका अनुसार, परिषद्ले उत्तर कोरिया, इरान र सिरिया विरुद्ध मात्र तीन प्रस्ताव पारित गरेको छ।
‘हाम्रो धैर्यको बाँध असीमित छैन’, राजदूत हेलीले भनिन्, ‘शनिबार इजरायल विरुद्ध उठाइएको यस कदमबाट मानव अधिकारको सच्चा हिमायती हुनुपर्ने संगठनले आफ्नो साख गुमाइसकेको प्रस्ट भएको छ।’
४७ सदस्य राष्ट्र रहेको राष्ट्रसंघीय मानव अधिकार परिषद्बाट अमेरिकाले गत वर्षबाट हट्ने चेतावनी दिँदै आएको छ।
परिषद्मा रहेका इस्लामिक सहयोग संगठनका सदस्य देशहरुले परिषदको ‘एजेन्डा आइटम ७’ को पाँच प्रस्ताव पेश गरेका थिए, जो इजरायलका लागि चिन्ताजनक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।