निजगढ- कृषि, सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री रामकुमारी चौधरीले बाराको सिम्रौनगढमा मकैबालीको स्थलगत निरीक्षण गरेकी छन्।
मकैको घोगामा दाना नलागेको जनगुनासो आएपछि राज्यमन्त्री चौधरीले खेतमै गएर निरीक्षण गरेकी हुन्।
बारामा हजारौं हेक्टरमा लगाइएको मकैमा दाना लाग्दा हजारौं किसान मर्कामा परेका छन्।
स्थलगत निरीक्षणपछि मन्त्री चौधरीले मकैमा देखिएको समस्याको कारण बुझी तत्काल रिपोर्ट पेश गर्न बारा जिल्ला कृषि अधिकृत लगायतका कर्मचारीलाई निर्देशन दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।