• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

काठमाडौंमा मुसहरको प्रदर्शन- 'कि पुस्तौनी ठाउँमै बस्न देऊ, कि लालपुर्जा दिएर नयाँ ठाउँमा बसाऊ’ (फोटो फिचर)

64x64
नेपाल लाइभ शनिबार, चैत १०, २०७४  ०८:५३
1140x725

काठमाडौं– गत सोमबार सुनसरीमा ११ परिवार मुसहरका घरटहरामा सरकारले एकाबिहानै डोजर चलायो। त्यसको अघिल्लो साता शुक्रबार पनि छिमेकी जिल्ला सप्तरीका मुसहर महिलाले आफ्नै जग्गामा शौचालय निर्माणका क्रममा दुर्व्यवहार सहनुपर्‍यो। विवाद बढ्दै जाँदा अन्ततः सबै ६० परिवार नै घरबारविहीन हुन पुगे।

स्थानीय सरकारबाट आफ्नो समस्याको सुनुवाइ हुन्छ भन्ने नलागेपछि घटनाका पीडित मुसहरहरु काठमाडौं आइपुगेका छन्। सोही घटनामा घर गुमाएकाहरुको पुन:स्थापना तथा जग्गाविहीन मुसहरलाई लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै शनिबार उनीहरुले राजधानीको माइतीघर मण्डलामा एक घन्टा धर्ना दिए। धर्नापछि उनीहरुले नयाँ बानेश्वरसम्म विरोध जुलुस निकाल्दै कोणसभा गरे।

मुसहरहरुको अधिकारका लागि काम गर्दै आएका ६ संस्थाले संयोजन गरेको सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मुसहरप्रति भएको ज्यादतीप्रति दुःख व्यक्त गरे।

कोणसभामा राष्ट्रिय सभाका सांसद रामपृत पासवानले संविधानमा ‘दलित’ शब्द धेरै ठाउँमा उल्लेख गरिए पनि ठोस रुपमा उनीहरुका अधिकार र आरक्षणलाई नसमेटिएको दाबी गरे।

दलित महिलाहरुको सवालमा पनि समग्र रुपमा समेट्न खोजिएको बताउँदै उनले भने, ‘महिलाहरुमाथि समग्रमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ। तर, दलित महिलाका अधिकारका लागि भनेर किटानीका साथ निकै कम स्थानमा मात्र समेटिएको छ। यसले मुसहर महिलालाई अधिकार प्राप्त गर्ने बाटो निकै लामो बनाइदिएको छ।’

नेपाल मुसहर संघका अध्यक्ष चन्द्रेश्वर सदाले हालसम्म आफ्नो नाममा जग्गा नभएका करिब ९५ प्रतिशत मुसहरलाई लालपुर्जा वितरण गर्न सरकारसँग माग गरे। पछिल्लो पटक सप्तरी र सुनसरीमा घरबारविहीन भएका पीडित मुसहर परिवारलाई पुनर्बासको व्यवस्था गर्न माग गर्दै उनले थपे, ‘पुस्तौंदेखि बस्दै आएको घरजग्गा कि त भोगचलन गर्न दिनुपर्‍यो, नत्र सरकारले मुसहरका लागि छुट्टै आवाससहित जग्गाको व्यवस्था मिलाइदिनुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

‘संविधानको मौलिक हकअन्तर्गत नै प्रत्येक नागरिकलाई आवासको हक छ। के सो हकबाट मुसहरलाई वञ्चित गर्न खोजिएको हो?’, सदाले प्रश्न गरे।

मुसहरको अधिकारका लागि क्रियाशील अभियन्ता राजकुमार महतोले अगामी एक सातासम्म राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, भूमिसुधार मन्त्री, राष्ट्रिय मानव अधिकार आयोग तथा संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा मुसहरको अधिकार प्राप्तिका लागि ज्ञापनपत्र बुझाउने बताए।

त्यसपछि पनि मागको सुनुवाइ नभए मुसहर बाहुल्य रहेका स्थानीय तहबाटै आन्दोलन चर्काउने उनले चेतावनी दिए। उनले भने, ‘मुसहरका मागलाई उपेक्षा गरिएमा हामी प्रत्येक जिल्लामा एकसाथ ५ हजारको संख्यामा मुसहरलाई उतारेर धर्ना बस्न बाध्य हुनेछौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारी तथ्यांक अनुसार, देशभर करिब ३ लाख मुसहर छन्। तर, मुसहरहरु भने आफ्नो समुदायको संख्या १२ लाखको हाराहारीमा रहेको दाबी गर्छन्। 


 

प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ०८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत?
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्