• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

'माल्दिभ्समा आफ्नै दाजुभाइलाई लुट्दै छन् नेपालीले'

64x64
नेपाल लाइभ शनिबार, चैत १०, २०७४  ००:४७
1140x725

स्वदेशमा रोजगारीको अवसर नहुँदा आज धेरै नेपाली कामको सिलसिलामा विभिन्न देश पुगेका छन्। युवायुवतीहरु खाडी मुलुकदेखि विकसित मुलुकसम्म जाने क्रम बढ्दो छ। नेपालीहरु रोजगारीका लागि जाने सबै मुलुकमा नेपाल सरकारले आफ्नो दूतावास राख्ने गरेको पाइन्छ। यसका साथै सरकार र उक्त देशबीच श्रम सम्झौता पनि गरिएको हुन्छ। जसले गर्दा रोजगारीको लागि जाने नेपालीहरुलाई उक्त देशमा जान लाग्ने खर्च, उनीहरूको सुरक्षा, बसोबास आदिको लेखाजोखा सम्बन्धित देशमा रहेको नेपाली दूतावासले सजिलै गरिदिन्छ। यदि उक्त देशमा कामदारलाई केही गाह्रो-साह्रो परेमा नेपाली दूतावासले पहलकदमी लिन सक्छ।

तर, विडम्बना भन्नुपर्छ, जहाँ हजारौं नेपालीले रोजगारी गरिरहेको एक देशमा नेपाल सरकारको दूतावास छैन। त्यो देश हो, माल्दिभ्स। यहाँ करिब आठ/नौ हजार नेपालीले रोजगारी गरिरहेकोमा यो संख्या पछिल्लो समय बढ्दो क्रममा छ।

नेपाली कामदारले केही समस्या परेमा आफ्नो कुरा बताउन न दूतावास छ, न त नेपाल सरकारको कुनै समन्वयकर्ता नै। दूतावास नहुँदा धेरै नेपालीले विभिन्न बहानामा नेपालीलाई नै ठगिरहेको देख्न र सुन्न पाइन्छ।

यहाँ दलालको काम गर्ने कैयौं नेपाली छन्, जसले कामदारको एजेन्सीको काम गर्ने नाममा सोझासाझा नेपालीलाई अमेरिका जस्तै देश भन्दै डलरमा तलब थाप्न पाइने लोभ देखाएर सामान्य तीन सय डलर तलबको काममा लगाउन दुईदेखि तीन लाखसम्म असुल्ने गर्छन्। डलरमा तलब पाइने आश्वासन देखाएर यहाँबाट भीसा निकाली सोझासाझा युवालाई कम तलबमा काम गर्न बाध्य पारिएको धेरै देख्न पाइन्छ। त्यस्तो आश्वासन र प्रलोभनमा परी चर्को रकम तिरेर माल्दिभ्स आउने नेपालीमध्ये कतिपय त डिप्रेसनको सिकार भएका छन्।

दाङका एक युवा नेपालमा बोर्डिङ स्कुलको शिक्षकको जागिर छाडेर माल्दिभ्समा महिनाको ६/७ सय डलर कमाइ हुने भन्दै आएका थिए। तर, यहाँ आइसकेपछि मासिक तीन सय डलर मात्र हात पर्दा राति निद्रा पर्न छाडेको उनी सुनाउँछन्।

'दलाललाई चर्को रकम बुझाएर आएँ। अहिलेकै कमाइले त यहाँ आउन लिएको ऋण तिर्नै दुई वर्ष लाग्नेभो', चिन्तित मुद्रामा उनले भने।

जनकपुरका अर्का युवक एक महिनाअघि मात्र मासिक चार सय डलर तलब हुने दलालको आश्वासनमा परेर सेक्युरिटी गार्डको काम गर्न आए। दुई लाख पचास हजार खर्चेर माल्दिभ्स आउँदा कम्पनीले जम्मा साढे दुई सय डलर मात्र दिएको भन्दै उनले आक्रोश पोखे।

'घरको आर्थिक अवस्था कमजोर भएकाले ऋण गरेर आएँ। तर, तलब भनेजति पाइएन', उनले आँखा टिलपिल पारेर सुनाए, 'दलालसँग कुरा गर्दा तैंले मलाई पैसा दिएको प्रमाण के छ भन्दै उल्टै हप्कायो। ऋण सम्झिएर साढे दुई सय डलर तलबमा दिनको बाह्र घन्टा काम गरिरहेको छु।'

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो आपत् पर्दा पनि आफ्नो पीडा सुनाउने निकाय परदेशमा नभएको उनी बताउँछन्। नेपाली दूतावास नभएकाले यहाँ कति नेपाली दु:खमा काम गरिरहेका छन्, कति नेपालीलाई नेपालीले नै ठगिरहेका छन् भन्ने कुनै खोजखबर छैन।

विगत १२ वर्षदेखि माल्दिभ्समा काम गर्दै आएका नेपालगन्जका सन्तोष थापा भन्छन्, 'यहाँ हाम्रो देशको दूताबास नभएकाले धेरै नेपाली नेपालीबाटै ठगिएका छन। थोरै तलबमा काम गर्न चर्को रकम तिरेर आउने धेरै नेपाली दाजुभाइ मैले देखेको छु।'

कामका लागि पैसा दिएको भनेर आफूसँग कुनै प्रमाण नहुँदा कम तलबमै खुरुखुर काम गर्नुपर्ने बाध्यता रहन्छ। दूतावास नहुँदा माल्दिभ्समा रहेका नेपालीहरुले स्वदेशबाट कलाकारहरु बोलाएर कार्यक्रम गर्न समेत समस्या रहेको उनले बताए।

माल्दिभ्समा दस वर्षदेखि ड्राइभिङ पेसा गर्दै आएका बर्दियाका केशव चालिसेको पनि उस्तै दुखेसो छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'यहाँ दूतावास नहुँदा नेपालीहरुले भोगेका समस्याहरू हेरेर समाधानको पहल गरिदिने कुनै उपाय हुँदैन। ठगी र जालझेलमा पर्दा हाम्रा कैयौं दाजुभाइ डिप्रेसनबाट ग्रस्त हुँदै काम गर्न बाध्य छन्', उनले भने।

माल्दिभ्समा कामदार पठाउन नेपालमा अझैसम्म मेनपावर एजेन्सी छैन। अन्य देशहरुको रोजगारीका लागि विज्ञापन निकालेर मात्र नेपाली युवालाई मेनपावर कम्पनीहरुले पठाउने गर्छन्। जसले गर्दा रोजगारीमा जानेहरुले सबै बुझेर, विचार गरेर जाने मौका पाउँछन्। तर, माल्दिभ्समा भने यहाँ काम गरिरहेका नेपालीले नै रोजगारदाता एजेन्सीसँग सम्पर्क गरेर नेपालबाट इच्छुक मानिसको खोजी गर्दै भीसा पठाएर चर्को रकम असुल्ने गर्छन्।

वैदेशिक रोजगारीबारे नेपालमा अरु देशको समाचार आउने गरे पनि माल्दिभ्समा रोजगारीको अवस्था कस्तो छ, नेपाली युवाले कस्तो अवस्थामा काम गरिरहेका छन् भनेर खासै चर्चा गरिएको पाइँदैन। यसै कारण एकपछि अर्को युवा महँगो रकम तिरेर माल्दिभ्स आइरहेका छन्। माल्दिभ्समा नेपाल सरकारले कहिले खोल्ने हो दूतावास? कहिले अन्त्य हुने हो ठगिने र बेखबर भइरहने अवस्था?

- चितवन, हाल- माल्दिभ्स।

प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ००:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्