ताप्लेजुङ- एउटै घरमा डेरा गरी बस्ने १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आरोपित पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ३३ वर्षीय राम राईलाई बिहीबार फुङलिङबाटै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। घरमा कोही नभएको मौका छोपेर जबर्जस्ती गरी गर्भवती बनाएको उजुरी परेपछि निजलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।