complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : सभापतिलाई बलियो बनाउने कि पार्टीलाई?

64x64
नेपाल लाइभ शुक्रबार, चैत ९, २०७४  ०१:१५
1140x725

चुनाव सम्पन्न भएको झन्डै डेढ महिनापछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको थियो। माघ ४ र ५ मा बसेको बैठकमा बोल्ने धेरै केन्द्रीय सदस्यले चुनावी समीक्षाको माग उठाए। तर, सभापति शेरबहादुर देउवाले त्यसलाई टारे र भने– समीक्षा अहिले होइन।

सभापति देउवाले निर्वाचनको समीक्षा गर्न छिट्टै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने प्रतिबद्धता व्यक्त गरे। सो बैठक राष्ट्रियसभामा उम्मेदवार तय गर्ने विषयमा केन्द्रित भयो।

सभापतिले उतिबेला प्रतिबद्धता गरेको चुनावी समीक्षाका लागि बस्ने भनिएको बैठक आजदेखि सुरु हुँदैछ।

नाम मात्रैको समीक्षा

चुनावी समीक्षाका लागि बोलाइएको बैठकमा चुनावबारे छलफल भए पनि त्यसले खासै समस्या केलाउन सक्ला त? भन्ने प्रश्न कांग्रेसजनमा छ। कांग्रेसको चुनावी हारको कारण विगत लामो समयदेखि कांग्रेस हिँडेको बाटो र सभापतिका रुपमा देउवाको रणनीतिक असफलतासँग जोडिएको छ।

तर, सभापतिमाथि कार्यसमितिमा प्रश्न उठ्न त सक्ला, उत्तर नै लिन भने मुस्किल देखिन्छ। कारण, सो समितिमा उनी बलियो हुनु नै हो। विधानमा ८५ जना केन्द्रीय समितिको व्यवस्था भए पनि अहिले ८० जना उपलब्ध छन्। त्यसमध्ये ६० जनाजति देउवा पक्षका रहेको उनी पक्षका नेताहरुको हिसाब छ। त्यसैले पनि देउवाले चाहेको दिशातिर सहजै बैठकको माहोल मोडिन्छ।

देउवालाई कस्ता प्रश्न सोधिन्छन् र उनको बचाउमा कस्ता उत्तर आउँछन् भन्ने आँकलन गर्न पनि गाह्रो छैन। यसअघिको बैठकमा होस् वा सार्वजनिक कार्यक्रममा, देउवा पक्षीय नेताहरुको जवाफ स्पष्ट हुने गर्छ– 'पार्टीले चुनाव हारेको छैन। नेताले हारेका हुन्। नेताले आफ्नो कमजोरीले चुनाव हारे। त्यो पार्टी सभापतिको मात्रै दोषको कुरा होइन। जिम्मेवारी लिने भए नेतृत्व तहका सबैले लिनुपर्छ।'

हिजो टिकट बाँड्ने बेलामा भागबण्डा खोजेपछि हारको जिम्मेवारी पनि सामूहिक लिनुपर्छ भन्नेदेखि सभापतिलाई स्वतन्त्र ढंगले चल्न र रणनीति बनाउन नदिएको सम्मको तर्क आउने स्पष्टै छ।
अर्थात् देउवाको मात्रै कमजोरी उधिन्न नदिनु नै उनी पक्षीय नेताहरुको जोडबल हुनेछ। कांग्रेस हिँड्ने बाटो के हुने भन्ने तय गर्नु त झनै परको कुरा।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेसलाई सुधार गर्दै लैजाने हो भने पार्टीभित्र खुला ढंगले बहस गर्न सक्नुपर्ने नेता गगन थापा बताउँछन्। 'आग्रह र पूर्वाग्रहबाट मुक्त भएर छलफल गर्नु जरुरी छ', नेपाल लाइभसँग कुरा गर्दै उनले भने, 'तत्कालीन र दीर्घकालीन प्रश्नहरुका साथ छलफल गर्न सक्नुपर्छ। त्यसो भयो भने मात्रै हामी जीवन्त कांग्रेस बनाउन सक्छौं।'

चुनावी हारका कारण पत्ता लगाउन सक्नुपर्ने नेता धनराज गुरुङ पनि बताउँछन्। 'आरोपप्रत्यारोप गर्नेतिर होइन', उनले भने, 'समस्या पत्ता लगाउन सक्नुपर्छ। नभए कसरी अगाडि बढ्ने?'

यसैबीच, पार्टीले तल्ला निकायहरुलाई चुनाव हार्नुको कारण लेखेर पठाउन निर्देशन दिएको थियो। 'लगभग सबै जिल्लाबाट समीक्षा प्रतिवेदन आइसकेको छ', कांग्रेस नेता मीनबहादुर विश्वकर्माले भने, 'त्यसले पनि मार्ग निर्देशन गर्नेछ।'

प्रतिवेदनहरुले पनि बैठकमा केही भूमिका पाउनेछ। तर, कांग्रेसका तल्ला कमिटीहरु भद्रगोल छन्। संघीय प्रणाली अनुसार ७ सय ५३ वटा स्थानीय तह छन् तर त्यहाँ कांग्रेसका संरचना छैनन्। चुनावको हतारोमा गठन भएका अनौपचारिक समूहले चुनावी हारलाई कति केलाउला, सन्देहकै कुरा छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

देउवाको दाउ

चुनावपछि सभापति देउवा झनै बलियो देखिएका छन्। फागुन २१ मा सम्पन्न संसदीय दलको चुनावमा उनले प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतान्तरले जिते। कुल ६३ जना रहेको संसदीय दलमा देउवाको पक्षमा ४४ मत परेको थियो। जित लगत्तै उनले आफू पक्षीय नेता विजयकुमार गच्छदारलाई उपनेता चयन गरे। त्यस्तै, चैत्र ६ मा प्रमुख सचेतकमा बालकृष्ण खाँणलाई नियुक्त गरे।

चुनावपछि कमजोर भएका भनिएका देउवाले पार्टीलाई आफ्नो कब्जाबाट बाहिर जान दिएका छैनन्। संसद्‌मा देउवा पक्ष बलियो देखिएको छ। अब, पदाधिकारी चयनमा पनि आफू अनुकूल गरेर देउवा कांग्रेसिभत्र थप शक्तिशाली नेताका रुपमा उभिन खोज्दैछन्। महाधिवेशन सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि पदाधिकारीको चयन हुन सकेको छैन। देउवाले त्यसका लागि आधार तयार गरिरहेको एक कांग्रेस नेताले बताए।

ती नेताका अनुसार देउवा आफू अनुकूल संविधानको खेस्रामा बहस चलाउने, संशोधन समिति बनाउने, त्यसबाट विधान संशोधनको खाका बनाउने र महासमिति बैठकबाट पास गर्ने दाउमा छन्।
कांग्रेस विधानको दफा ४६ मा विधान संशोधनबारे उल्लेख छ। महाधिवेशनका सम्पूर्ण सदस्य संख्याको साधारण बहुमत र महासमितिको दुई तिहाइ बहुमतले विधानमा संशोधन गर्न सक्नेछ।

'यतिखेर देउवाले गच्छदार र विमलेन्द्र निधिलाई उपसभापति बनाउन चाहिरहेका छन्', ती नेताले भने। एकजना उपसभापति रहने कांग्रेस विधान संशोधन गरेर दुई जनाको व्यवस्था गरिए मात्रै देउवाको चाहना पूरा हुन्छ। महामन्त्री र सहमहामन्त्रीमा पनि देउवाको ध्यान पुगेकै छ।

विधान संशोधन मार्फत पार्टीमा पदाधिकारीको संख्या बढाउने र त्यसमा आफू निकटकालाई राख्न सकियो भने पार्टीभित्र देउवा झन् बढी शक्तिशाली हुनेछन्। र, अहिले देउवाले त्यही चाहिरहेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता र पार्टीमा देखाएको रजगजबाट देउवा पनि लोभिएका हुन सक्ने ती नेताको अनुमान छ।

देउवाले चाहेजस्तो भयो भने उनी झन् शक्तिशाली बन्नेछन्। त्यतिबेला कांग्रेसभन्दा पनि सभापति देउवा बलियो बन्नेछन्। यसले जीवन्त कांग्रेसको अभियान थालिरहेका नेताहरुलाई झन् अवरोध थप्नेछ।

देउवा इतरका नेतालाई डर छ, शक्तिशाली हुनुअगावै त देउवाले पेल्न खोज्थे भने पदाधिकारी नै कब्जा गरे भने के होला? 'चुनावी समीक्षा बैठक भनेपछि त्यो पनि होला', ती नेताले भने, 'तर, संस्थापन पक्षको दौडधुप आफू अनुकूल विधान तयार गर्ने वातावरण बनाउनेतिर केन्द्रित छ।'

अहिले कांग्रेसलाई जीवन्त राख्नुपर्ने ठाउँ नै तल्ला कमिटीमा हो। आशा जगाउनुपर्ने केन्द्रीय समितिले हो। तर, त्यसका लागि सभापति देउवाले खासै ध्यान दिन सकेका छैनन्। उनको ध्यान केन्द्रमा आफू अनुकूलको पदाधिकारी चयनमा छ। बलियो बन्नेतिर छ। अर्थात् पार्टी मजबुत पार्न गर्नुपर्ने काममा ध्यान दिएका छैनन्, कम प्राथमिकताको काममा दाउपेच गरिरहेका छन्। 

'नेपाली कांग्रेसलाई यो बेलामा कब्जा गर्ने र पार्टी संगठनमै संकट आएका बेला तदर्थ निर्णयहरु गर्नेभन्दा पनि पार्टीको स्थायी र बलियो संरचना बनाउनु जरुरी छ', थापाले भने, 'त्यसका लागि महाधिवेशनमा जानु जरुरी छ।'

अब देउवा पक्ष इतरका नेताहरुले कस्तो भूमिका खेल्छन् भन्ने हेर्न बाँकी छ। उनीहरु सभापति देउवालाई स्वेच्छाचारी हुन सघाउने विधान संशोधनको प्रस्ताव आइहाले रोक्न सक्छन् कि सक्दैनन्? सभापतिलाई पार्टी कब्जा गर्नबाट रोक्न बाँकी कांग्रेसलाई पुनर्जीवन दिन खोज्नेहरु एक ठाउँमा आउँछन् कि आउँदैनन्?

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ?
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस बिहीबार, असोज २९, २०८३
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्