complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरीको सीमा नाकामा यस्तो छ चोरी तस्करी, निगरानी फितलो

64x64
नेपाल लाइभ बिहीबार, चैत ८, २०७४  ०१:१९
1140x725

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित वलार्दह चौकमा गत फागुन २५ मा करिब एक लाख मूल्य बराबरको कपडा पक्राउ पर्यो। भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएको भन्दै प्रहरीले उक्त कपडा भन्सारमा बुझायो।

कपडा पक्राउ परेको स्थान सीमाक्षेत्र कोशी–ब्यारेजभन्दा झन्डै ३० किलोमिटर टाढा पर्छ। ब्यारेजमा भन्सार चोरी निकासी नियन्त्रण तथा शान्ति सुरक्षा हेर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टा–छट्टै बिट छ। इलाका प्रहरी कार्यालय भारदह, इलाका प्रहरी कार्यालय कञ्चनपुर, प्रहरी चौकी धरमपुर र सशस्त्र प्रहरी बल दन्तकाली गणसमेत यसै बीचमा छन्।

प्रहरीका यी सबै युनिटको आँखा छलेर भित्र्याइको सामान अन्त्यमा प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बल फत्तेपुर क्याम्पको संयुक्त गस्ती टोलीले पक्राउ गर्यो। प्रहरीको भनाइ अनुसार संलग्न व्यक्ति फरार भए।

सोही दिन सोही प्रकृतिको घटना डाक्नेश्वरी नगरपालिकामा पनि दोहोरियो। वडा नम्बर ४ स्थित कुशाहा चोकबाट इलाका प्रहरी कार्यालय पातो र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले कपडा बरामद गर्यो। यो घटनामा पनि संलग्न व्यक्तिहरु सामान छोडेर भाग्न सफल भएको प्रहरीले बतायो।

यसअघि गत फागुन ११ गते चाइनिज स्याउ तस्करीमा संलग्न ठूलै गिरोह पक्राउ पर्यो। संलग्न भारतको सुपौल जिल्ला कुनौली थाना–५ का निर्मलकुमार कारक, रितेशकुमार महतो, मनिषकुमार महतो र राजीव महतो पक्राउ परे। उनीहरुकै बयानका आधारमा तिलाठी कोइलाडी–१ स्थित विनोद रायको घरमा स्याउको गोदाम भएको प्रहरीले सुराकी पायो, जुन राजविराज भन्सार कार्यालय तिलाठीको नजिकै पर्छ। गोदाममा छापा मार्दा ७८ कार्टुन स्याउ बरामद भयो। अभियुक्तले स्याउ ओसार्दा साहुले प्रतिकार्टुन २० रुपैयाँ दिने गरेको बयान दिए।

सोही घटनासँग सम्बन्धित भएर प्रहरीले स्याउ बोकेर कुनौलीतर्फ जाँदै गरेका स१ह ७७ र स१ह १५१ नम्बरको टेम्पो र चालक राजविराज नगरपालिका–१५ का सुजितकुमार यादव र छिन्नमस्ता गाउँपालिका–५ का भोगीलाल शर्मालाई पक्राउ गर्यो। तर, स्याउ मालिकलाई आफूहरुले नचिनेको बयान दिएपछि मान्छेसहित समान भन्सारमा बुझाइयो।

Ncell 2
Ncell 2
nimb
nimb

यति मात्र होइन, सप्तरीमा पछिल्लो समय भन्सार छली गरेर सामान ओसार–पसार गर्ने क्रम बढेको छ। साइकल तथा मोटरसाइकल प्रयोग गरी झोला, बोरा र ब्यागमा तथा टाउकामै बोकेर पनि तस्करीको सामान आयात–निर्यात निरन्तर चलिरहेको सीमाक्षेत्र आसपासका स्थानीयहरु बताउँछन्।

स्याउ तस्करीमा म्याजिक भ्यान पक्राउ परेपछि ठूला सवारीसाधन समेत यस्ता काममा प्रयोग भइरहेको प्रस्ट हुन्छ। 

‘केही समय अघिसम्म ट्रक नै प्रयोग गरेर तस्करी हुन्थ्यो,’ एक सर्वसाधारण भन्छन्, ‘त्यस्ता साधन पक्राउ पर्न थालेपछि दुई चक्के सवारी र मजदुरको प्रयोग बढेको छ।’ प्रहरीले २ वर्षअघि मात्रै चाइनिज स्याउ र रक्त चन्दन बोकेका ट्रक नै पक्राउ गरेको भन्दै उनले आफ्नो भनाइलाई पुष्टि गरे।

आयात–निर्यातलाई व्यवस्थित बनाउन जिल्लाको तिलाठीमा मुख्य भन्सार कार्यालय र बननियाँ, श्वर्णपट्टि, कोदरकट्टि, हनुमाननगर, गोविन्दपुर र औरहीमा छोटी भन्सार कार्यालय स्थापना गरिएको छ। तर, स्थापना भएर पनि बननियाँ, श्वर्णपट्टि, कोदरकट्टि, हनुमाननगर, गोविन्दपुरका छोटी भन्सार कार्यालय अहिले सञ्चालनमा छैनन्। यसका कारण पनि ती नाका मार्फत तस्करी बढेको बताइन्छ। यसका अतिरिक्त नेपाल भारत सीमा क्षेत्रको करिब ७८ किलोमिटर दूरीमा तस्करहरुले ठाउँ–ठाउँमा नाका तयार गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पछिल्लो समय एक महिनादेखि राजश्व चुहावट नियन्त्रण समितिका संयोजक तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयसहितको टोलीले भन्सार चोरी निकासीमा कडाइ गर्न खोजे पनि सरकारी निकायको आँखा छलेर हुने अवैध आयात–निर्यात रोकिएको छैन।

तस्करीमा प्रहरीको मिलेमतोको आरोप

मुख्य नाकामा पनि प्रहरीलाई निश्चित प्रतिशत रकम बुझाएर सामान ओसार–पसार हुने गरेको स्थानीयहरुको आरोप छ। साना–तिना झोलेपोके तस्कर (पोकामा सामान बोकेर वारपार गर्ने) हरुले प्रायः प्रहरीसँग कुरा मिलाएरै सामान आयात–निर्यात गर्ने गरेको उनीहरुको भनाइ छ।

यसरी पोकामा सामान बोकेर तस्करीलाई नै जीविकोपार्जनको माध्यम बनाउनेहरुको संख्या सप्तरीमा ठूलो छ। उनीहरुले भारतको कुनौली, अन्धरामण्ठ, विरपुर, महादेवमण्ठ, भुताहा, लौकाहा, लौकही, नियौर लगायतका स्थानबाट ल्याएको सामान राजविराज लगायत सप्तरीका मुख्य बजारसँगै उदयपुरको बेल्टार, हडिया, रामपुरसम्म पुग्ने गरेको छ। बेलाबेला लाइन नमिल्दा र तस्करी गर्नेले होस नपुर्याउँदा भने उनीहरुको सामान पक्राउ पर्ने गरेको छ। जानकारहरु भन्छन्, ‘त्यस्तै घटनामा प्रहरीले संलग्न व्यक्ति फरार भएको भन्दै सामान चाहिँ बुझाउने गरेका छन्।’

के–के हुन्छ तस्करी

भारतबाट नेपाल ल्याइने सामानमा कपडाको मात्रा बढी छ। त्यसबाहेक मोटरपार्ट्स, खाद्यान्न, जुत्ताचप्पल, शृंगार र विद्युतीय सामान चोरी पैठारी हुने गरेको छ। घरायसी समान किन्नेको आडामा तस्करी मौलाएको छ र यस्ता काममा महिला निकै सक्रिय रहेको पाइन्छ।

यसैगरी, नेपालबाट चाइनिज स्याउ, सुपारी, रक्तचन्दन, पेट्रोलियम पदार्थ र मदिरा भारत निर्यात हुने गरेको छ। केही समय अघिसम्म प्रतिबन्धित गाँजा, सुपारी र रक्त चन्दनसमेतको भारत निकासी व्यापक थियो। तर, केही समयदेखि सुपारी, गाँजा र रक्तचन्दनका कारोबारीलाई प्रहरीले पक्राउ गरेको छैन। ‘तस्करी रोकिएको हो कि, प्रहरीले आँखा चिम्लिएको हो, यकिन भन्न सकिन्न,’ एक जानकारले भने।

उठेन राजश्व, लक्ष्य भेट्नै मुस्किल

चोरी–तस्करी लगायतका विभिन्न कारणले राजविराज भन्सार कार्यालयको राजश्व संकलन प्रभावित भएको छ। कुल ८ करोड ६९ लाख ३६ हजार लक्ष्य पाएको कार्यालयले ८ महिना सकिँदासम्म ३ करोड २७ लाख ५२ हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ। बाँकी ४ महिनामा ५ करोड ४१ लाख ८४ हजार राजश्व संकलन असम्भव रहेको निमित्त प्रमुख भन्सार अधिकृत रामराजप्रसाद चौरसिया बताउँछन्।

जनशक्ति अभाव हुनु, राजविराज–कुनौली सडकको अवस्था जर्ण हुनु, नेपाल–भारत (कुनौली–वेल्ही) जोड्ने मैत्री पुल निर्माण नहुनु, क्वारेन्टाइन कार्यालय नहुनु, नेपालमा ‘इक्जिम कोड’ (एक्सपोर्ट, इम्पोर्ट कोड) लागू हुनु र भारतमा ‘जिएसटी बिल र बिल अप एक्सपोर्ट’ लागू भएका कारण भन्सार असुलीमा कमी आएको चौरसियाको भनाइ छ।

नेपालमा ‘इक्जिम कोड’ लागु भएपछि प्यान र भ्याटमा दर्ता भएका व्यापारीले पनि ५ लाखसम्मको निकासी र ५० हजारसम्मको सामान मात्रै पैठारी गर्ने अनुमति पाएकाले कारोबार घट्दा राजश्व संकलन घटेको उनको बुझाइ छ। 

यसैगरी, असार–साउनको बाढीका कारण आवत–जावत ठप्प हुँदा २/३ महिनासम्म राजश्व संकलन ठप्प हुने गरेको बताउँदै चौरसियाले प्रहरीको असहयोगका विषयमा आफूले बोल्न नमिल्ने जनाए। तर, राजश्व संकलन वृद्धि गर्न तयार पारेको सुझावमा भने सम्वद्ध निकायको थप सक्रियता बढाउनुपर्ने विषयलाई उनले उल्लेख गरेका छन्।

सप्तरी प्रहरीका एसपी मुकेशकुमार सिंहले चोरी पैठारीमा प्रहरीको संलग्नता अस्वीकार गरेका छन्। उनले भने, ‘चोरी तस्करी नियन्त्रणमा प्रहरी सक्रियता पूर्वक खटिएको छ। तस्करीमा प्रहरीको संलग्नता छैन।’ जिल्लाका ७ वटै नाकामा करिब २ सय प्रहरी परिचालन गरी चोरी तस्करी नियन्त्रण गर्ने प्रयास भइरहेको उनले जानकारी दिए। 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  ०१:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्