काठमाडौं- खानेपानी मन्त्री बिना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् । काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री मगरले आगामी दशैंभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याउने गरी काम गर्न निर्देशन दिएको बताइन् ।
'केही दिनदेखि मेलम्चीको काम रोकिएको रहेछ, मैले त्यहाँको भ्रमण गरेर तत्काल काम अगाडि बढाउन निर्देशन दिएको छु, अब २५ दिनभित्रमा सुन्दरीजल र दशैंसम्ममा काठमाडौंमा मेलम्चीको पानी आउँछ', मन्त्री मगरले भनिन् । मन्त्रालयले जतिसक्दो चाँडो राजधानी काठमाडौंसँगै तराई–मधेस, पहाडी र हिमाली जिल्लामा समेत सरसफाइ अभियान सञ्चालन गर्दै २०७५ साललाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गर्ने मन्त्री मगरको भनाइ छ। मन्त्री मगरले आगामी एक/दुई वर्षमा वाग्मती र विष्णुमतीलाई सफा गरी पर्यटकीय क्षेत्र बनाउने पनि बताइन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।