काठमाडौं– मंगलबार राती बानेश्वरमा भएको हत्याको कारण मदिरा भएको खुलेको छ। चार जना सँगै मदिरा पिएर बसेको र विवाद भएपछि हत्या तीन जना मिलेर एक जनाको हत्या गरेको प्रहरीले जनाएको छ । सनराइज बैंकमा काम गर्ने सर्लाहीका पुरुषोत्तम सेढाईको छुरा हानेर हत्या भएको हो ।
हत्यामा संलग्न तीन जनालाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ। अशोक लिम्बु, रोहित चौधरी र संजीव राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी मोहन थापाले बताए । २१ वर्षिय सेढाई उनीसँगै बसेर कोठामा मदिरा पिएका थिए। मदिरामा मात्तिएपछि साथीहरुसँग उनको झगडा भएको थियो। त्यही क्रममा तरकारी काट्ने चक्कुले उनलाई हानेका प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।