काठमाडौं– तराईमा कम्तीमा ५ जनाको गोली हानी हत्यामा संलग्न एक ‘मोष्ट वान्टेड’ सुटरलाई प्रहरीले तीन वर्षको प्रयासपछि पक्राउ गरेको छ । रुपन्देही, चितवन, सर्लाही लगायत जिल्लामा गोली हानी हत्या गर्ने उमेश पासवान सर्लाहीमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिपुरले उनलाई मंगलबार पक्राउ गरेको हो ।
उनलाई हरिपुर क्षेत्रबाट पक्राउ गरिएको सर्लाहीका एसपी मसाउद आलम खाँले बताए। जिल्ला प्रहरी कार्यालय डिएसपी राजेश थापा र इन्सपेक्टर अनिल ठकुरी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । हरिपुरमा तीन वर्षअघि गोली हानी उनले एक व्यक्तिको हत्या गरेका थिए। तीन वर्षको प्रयासपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। गोली प्रहारका एक दर्जन घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । धम्काउदै पैसा माग्ने र पैसा नदिए उनले गोली हानी हत्या गर्दै आएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।