complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मुख्यमन्त्रीलार्इ काम गर्न सकिनँ भन्ने छुट छैन : प्रधानमन्त्री ओली

64x64
नेपाल लाइभ बुधबार, चैत ७, २०७४  १५:४८
1140x725

काठमाडौं- प्रदेश सरकारका मुख्यमन्त्रीहरुले प्रादेशिक सरकार सञ्चालनमा कानुनी जटिलता र प्राविधिक जनशक्तिको अभाव रहेको बताएका छन् । संघीयता कार्यान्वयनको सन्दर्भमा प्रधानमन्त्री केपी ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीसँग गरेको छलफलमा मुख्यमन्त्रीहरुले प्रदेश सरकार सञ्चालनका समस्या बताएका हुन् । प्रादेशिक सरकार सञ्चालनको अवस्था र समस्याबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सात वटै प्रदेशका मुख्यमन्त्रीसहित प्रदेशका महान्यायाधिवक्ता, संघीय संसदका मन्त्रीसहितको बैठक राखेका थिए ।

बिहान ११ बजेदेखि करिब ६ घन्टासम्म चलेको बैठकमा सात वटै प्रदेशका मुख्यमन्त्रीले प्रदेश सरकार सञ्चालनमा रहेका समस्या र केन्द्र सरकारले गर्नुपर्ने समन्वयनका विषयमा धारणा राखेका थिए। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार सञ्चालनमा समस्या देखिएको भन्दै केन्द्र सरकारले त्यसलाई सम्बोधन गर्नुपर्ने बताएका थिए । पोखरेलले प्रारम्भिक अवस्थामा रहेको प्रादेशिक सरकारलाई प्रशासनिक संरचनाको अभाव हुनुका साथै कानुन निर्माणका लागि दक्ष जनशक्तिको अभाव रहेको जानकारी गराए । प्रादेशिक विकासको अवधारणा अघि बढाउन दक्ष जनशक्तिको अभाव रहेको भन्दै उनले विकासका पूर्वाधार अघि बढाउन स्रोत-साधनको कमी भएको बताए । 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको कानुन निर्माणमा दक्ष जनशक्तिको अभाव देखिएको भन्दै प्रदेश संसद् सञ्चालनमा समेत अनुभवी कर्मचारीको अभाव रहेको बताए । राउतले प्रदेश सरकार सञ्चालनमा लागि भौतिक पूर्वाधारको अभावसँगै सवारी साधन लगायतका समेत अभाव रहेको बताएका थिए। उनले केन्द्रबाट वितरण हुने बजेट जनसंख्या र मानव विकास सूचकांकलाई आधार बनाएर बाँडिनुपर्ने बताएका थिए । मुख्यमन्त्री राउतले केन्द्रीय कर्मचारीबाट प्रदेश सरकार सञ्चालनमा सहयोग नभएको उल्लेख गर्दै संघीय सरकारबाट अधिकतम स्रोत-साधन उपलब्ध गराउनुपर्ने बताएका थिए । 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौगोलिक र आर्थिक हिसाबले कर्णाली प्रदेश पिछडिएको क्षेत्र भएकाले संघीय ऐनमै कर्णाली प्रदेशलाई विशेष प्रदेशमा राख्नुपर्ने बताए । ‘कर्णाली प्रदेशमा स्रोत-साधन केही छैन। कलकारखाना, उद्योग, योजना समेत छैन, भन्सार उठाएर राख्ने अवस्था समेत छैन’, शाहीले भने, ‘केन्द्रकै भरमा चल्नुपर्ने अवस्था कर्णाली प्रदेशको भएकाले संघीय ऐनबाटै यसलाई सम्बोधन गर्नुपर्छ ।’

सबै मुख्यमन्त्रीको धारणा र समस्या सुनेपछि जवाफमा प्रधानमन्त्री ओलीले सबै प्रादेशिक सरकार संघीय सरकारको शाखा भएकाले एउटै तालमा काम गर्नुपर्ने बताएका थिए। आफूहरु संघीयता कार्यान्वयनको विशेष चरणमा रहेको उल्लेख गर्दै ओलीले यसबाट पछाडि फर्कने, गर्न सकिनँ भन्ने र असफल हुन्छु भन्ने छुट नरहेको बताए । संघीय सरकारलाई समेत विभिन्न अप्ठ्यारा रहेको उल्लेख गर्दै उनले स्रोतको कमी भए पनि नयाँ संरचनामा शून्यबाट काम सुरु गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले कानुन, जनशक्ति र स्रोत-साधनको कमी भए पनि केन्द्रसँग तालमेल गरेर अगाडि बढ्न प्रादेशिक सरकारलाई प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्