complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बच्चालाई हुर्काउने र पढाउनेबारे शिक्षाविद् गिजुभाईका टिप्स

64x64
नेपाल लाइभ बुधबार, चैत ७, २०७४  १०:३०
1140x725

गिजुभाई बधेका (सन् १८८५-१९३९) भारतका प्रख्यात शिक्षाशास्त्री हुन्। उनले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए। गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे।

बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन्।

पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन्।

बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्नेबारे गिजुभाईले औंल्याएका केही विषय शिक्षा विमर्श नामक ब्लगबाट जोतारे धाइबाले गरेको अनुवाद:

आफैं गर्न दिनुस्

बच्चालाई आफैं काम गर्ने सोख हुन्छ।

उसलाई रुमाल धुन दिनुस्।

उसलाई भाँडामा पानी भर्न दिनुस्।

Ncell 2
Ncell 2
nimb
nimb

उसलाई फूल सजाउन दिनुस्।

उसलाई कचौरा मस्काउन दिनुस्।

उसलाई मटरकोसाको दाना निकाल्न दिनुस्।

उसलाई खानेकुरा पस्किन दिनुस्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बच्चालाई सारा काम आफैं गर्न दिनुस्।

उसको आफ्नो मर्जीले गर्न दिनुस्।

उसको आफ्नो ढंगले गर्न दिनुस्।

पहिचान

हाम्रो आँखामा अमृत छ वा विष,

हाम्रो बोलीमा मिठास छ या टर्रोपन,

हाम्रो स्पर्शमा कोमलता छ वा कठोरता,

हाम्रो मनमा शान्ति छ वा अशान्ति,

हाम्रो मनमा आदर छ वा अनादर,

बच्चा यी कुरा तुरुन्तै पत्ता लगाउँछन्।

बच्चा हामीलाई एकदम चिनिसक्छन्।

दुश्मन

‘सुत, नत्र अहिले बाबाजीले पक्रेर लैजान्छ !’

‘खाऊ, नत्र चोरले लिएर जान्छ।’

‘बाघ आयो !’

‘बाबाजी आयो !’

‘पुलिस आयो !’

‘चुप लाग, नभए कोठामा बन्द गरेर राख्छु।’

‘पढ्न बस, नत्र पिट्छु।’

जो यसरी बच्चालाई डर देखाउँछन्, उनीहरु बच्चाहरुका दुश्मन हुन्।

पृथ्वीमा स्वर्ग

यदि हामीले बच्चाहरुलाई आफ्नो घरमा उचित स्थान दियौं भने,

हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्छ।

स्वर्ग बच्चाको सुखमा छ।

स्वर्ग बच्चाको स्वास्थ्यमा छ।

स्वर्ग बच्चाको प्रसन्नतामा छ।

स्वर्ग बच्चाको निर्दोष मस्तीमा छ।

स्वर्ग बच्चाको गीत र गुनगुनाइमा छ।

महान् आत्मा

बच्चाको शरीर सानो छ, तर उसको आत्मा महान् छ।

बच्चाको शरीर बढ्दो छ।

बच्चाको शक्ति विकासशील छ।

तर, उसको आत्मा त पूर्ण छ।

हामी त्यो आत्मालाई सम्मान गरौं।

आफ्नो गलत रीति र नीतिबाट हामी बच्चाहरुको शुद्ध आत्मालाई प्रदुषित नपारौं।

जानीराखौं

बच्चा सम्पूर्ण मनुष्य हो।

बच्चामा बुद्धि छ, भावना छ, मन छ, आफ्नो बुझाइ छ।

बच्चामा भाव र अभाव छ, रुचि र अरुचि छ।

हामी बच्चाका इच्छाहरु चिनौं।

हामी बच्चाका भावनाहरुलाई सम्झौं।

बच्चा अबोध र निर्दोष छ।

आफ्नो अहंकारका कारण हामी बच्चालाई तिरस्कार नगरौं।

आफ्नो अभिमानका कारण हामी बच्चाको अपमान नगरौं।

चाहना

बच्चालाई आफैंले खानु छ, तपाईं उसलाई नखुवाउनुस्।

बच्चालाई आफैं नुहाउनु छ, तपाईं उसलाई ननुहाइदिनुस्।

बच्चालाई आफैं हिँड्नु छ, तपाईं उसको हात नसमात्नुस्।

बच्चालाई आफैं गाउनु छ, तपाईं उसलाई गाउन नलगाउनुस्।

बच्चालाई आफैं खेल्नु छ, तपाईं उसको बीचमा नआउनुस्।

किनकि बच्चा स्वावलम्बन चाहन्छ।

यति पनि नगर्ने?

गाना-बजाना गर्ने ठाउँमा जान छोडेर बच्चालाई बगैंचामा लैजानुस्।

गफमा अल्झिनुको साटो बच्चालाई चिडियाखाना देखाउन लैजानुस्।

अखबारमा मात्र अलमलिएर नबसीको बच्चाको कुरा पनि सुन्नुस्।

राति सुत्ने समयमा बच्चालाई असल कहानीहरु सुनाउनुस्।

बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस्।

आत्मसुधार

बच्चालाई यस कारण सम्मान गर्नुस्, ताकि हामीमा आत्मसम्मानको भावना जागोस्।

बच्चालाई गाली गर्ने, तर्साउने नगर्नुस्,

जसले गर्दा गाली गर्ने र तर्साउने हाम्रो खराब बानी छुट्दै जाओस्।

बच्चालाई नपिट्नुस्,

जसले गर्दा मारपिट गर्ने हाम्रो पशु–वृत्ति नष्ट हुन सकोस्।

यसरी आफूलाई सुधारेर नै हामी आफ्ना बच्चालाई सही रुपमा विकास गर्न सक्छौं।

डर र लोभ

आमा, बुवा र शिक्षकले बुझिराख्नुस्

पिटेर वा लोभ देखाएर बच्चा सुध्रिन सक्दैनन्,

बरु उल्टै बिग्रिँदै जान्छन्।

पिटेपछि बच्चामा झन् उग्र भावना बढ्छ।

लोभ देखाउँदा बच्चा लालची बन्छन्।

डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो, जिद्दी र दीन-हीन बन्छन्।

सुन्दर संसार: घर

यदि आमा-बुवाले आफूले जस्तोसुकै आचरण गरे पनि

आफ्नो बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने,

त्यो ठूलो भूल हो।

आमा-बुवा र घर, दुइटै संसारको

सबैभन्दा ठूलो र शक्तिशाली चिजहरु हुन्।

घरमा बिग्रेको बच्चालाई भगवान् पनि सुधार्न सक्दैनन् !

प्रकृतिको उपहार

प्रकृतिबाट टाढा रहने बच्चाले प्रकृतिको विविधताबारे कसरी थाहा पाओस् !

झलमल्ल चन्द्रमा, कलकल बग्ने नदी,

खेतको माटो,

परालको घर, पहाडको ढुंगा, आकाशको रङ र खुला हावा,

यी सबै ती उपहार हुन्, जुन बच्चालाई प्रकृतिबाट प्राप्त भएका हुन्।

बच्चालाई मन लागुन्जेल प्रकृतिको आनन्द लुट्न दिनुस्।

गतिमान

बच्चा पल–पलमा बढ्ने प्राणी हो।

बच्चाको दृष्टि हर समय प्रश्न सोध्ने खालको हुन्छ।

बालकको हृदय केही बोलिरहने खालको हुन्छ।

बच्चाको व्याकरणमा प्रश्न र बोली हुन्छ।

तर, पूर्णविराम कतै पनि हुँदैन।

बच्चाको अर्थ हो, निरन्तर गति-

जहाँ अल्पविराम समेत हुँदैन।

झैझगडा

आमा-बुवा र अरु ठूला मान्छेको झगडाको कारण

घरको वातावरण प्राय: अशान्त रहने गर्छ।

यसले गर्दा बच्चा निकै दिक्क हुने गर्छन्।

अरु केहीका लागि नभए पनि आफ्नो बच्चाका लागि भए पनि

हामी घरमा मिजासिलो रुपमा जीवन जिउन सिकौं।

घरको शान्त र सुखी वातावरणमा नै

बच्चाको राम्रो शिक्षा पाउन सक्छ।

जीवित ग्रन्थ

जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षक बन्छन्।

जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षाशास्त्री बन्छन्।

शिक्षाशास्त्रीको लागि प्रत्येक बच्चा

एक समर्थ, अद्वितीय र जीवित ग्रन्थ हुन्।

बालकको शक्ति

तपाईं सारा संसारलाई धोका दिन सक्नुहुन्छ,

तर, आफ्ना बच्चाहरुलाई धोका दिन सक्नुहुन्न।

तपाईं सबैलाई मूर्ख बनाउन सक्नुहुन्छ,

तर, आफ्ना बच्चाहरुलाई कहिल्यै मूर्ख बनाउन सक्नुहुन्न।

तपाईं सबैलाई सबथोक लुकाउन सक्नुहुन्छ,

तर, आफ्ना बच्चाहरुलाई केही पनि लुकाउन सक्नुहुन्न।

बच्चा सर्वज्ञ हुन्छन्, सर्वव्यापी हुन्छन्, सर्वशक्तिमान हुन्छन्।

गफ दिनु बेकार छ

हामीले पढ्ने, सोच्ने र लेख्ने काम गर्दैमा

हाम्रो काम पूरा हुन्छ त?

हुँदैन, हामीले त शिक्षाको नयाँ-नयाँ मन्दिरको निर्माण गर्नु छ,

र ती मन्दिरमा अहिलेसम्म अपुज्य रहेकी सरस्वती देवीको स्थापना गर्नु छ।

बच्चाहरुको लागि नयाँ युगको आरम्भ भएको छ।

केवल गफ गरेर केही पनि हुँदैन।

केही गर्नुस् ! केही गराउनुस् !!

चैन कसरी मिलोस्?

जबसम्म बच्चाहरुले घरमा पिटाइ खान्छ,

र, विद्यालयमा गाली सुन्छ

तबसम्म मलाई चैन कसरी मिलोस् ?

जबसम्म बच्चाहरुका लागि विद्यालय, पुस्तकालय, बगैंचा र खेलमैदान बन्दैन,

तबसम्म मलाई चैन कसरी मिलोस् ?

जबसम्म बच्चाहरुलाई प्रेम र सम्मान मिल्दैन, तबसम्म मलाई चैन कसरी मिलोस् ?

गिजुभाईका कुरा

बच्चाहरुले प्रेम दिएर मलाई समृद्ध बनाए।

बच्चाहरुले मलाई नयाँ जीवन दिए।

बच्चाहरुलाई सिकाउने क्रममा मैले पनि धेरै सिकेँ।

बच्चाहरुलाई पढाउने क्रममा मैले पनि निकै पढेँ।

बच्चाहरुको गुरु बनेर मैले उनीहरुको गुरु-पद बुझ्न सकेँ।

यो कुनै कविता होइन,

यो त मेरो अनुभवका कुरा हुन्। 

प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  १०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ?
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्