सिओल– उत्तर कोरियाली नेता किम जोङ उनले रूसमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा नेता भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित भएकोमा मङ्गलबार बधाई ज्ञापन गरहेका छन्।
नेता उनको सन्देशमा भनिएको छ,‘रसियाली निर्वाचनबाट पुनः राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई छ। यहाँको नयाँ कार्यकालमा रसियालाई थप शक्तिशाली राष्ट्र बनाउन सफलता मिलोस्।’
विश्वका कतिपय मुलुकका नेता तथा राष्ट्रप्रमुखहरूले पुटिनको विजयपछि पनि बधाई ज्ञापन गर्न ढिलाई गरिरहेका समय नेता उनले उक्त सन्देश पठाएका हुन्।
रूसको राष्ट्रपतिका रूपमा पुटिनको पुनः निर्वाचनले रसियाली जनताले उहाँप्रति देखाएको ‘सहयोग र विश्वास’लाई पुष्टि गरेको नेता उनले बताए।
पुटिनको नयाँ कार्यकालमा उत्तर कोरिया र रूसबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास गरेका नेता किमको सन्देशलाई उद्धृत गर्दै उत्तर कोरियाली समाचार संस्था(केसीएनए)ले जनाएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।