इस्लामावाद– पाकिस्तान सरकार र एसियाली विकाश बैंक(एडीबी)बीच पाकिस्तानको विद्युत प्रसारण संरचना सुधारका लागि मङ्गलबार सम्झौता भएको छ।
एडीबीद्वारा जारी विज्ञप्तिअनुसार पाकिस्तानका लागि एडीबीका निर्देशक याङ सिहाओ होङ र पाकिस्तानी वित्तीय विभागका सचिव सैयद घाजनफर अब्बाज जिलानीले एडीबी मध्य तथा पश्चिम एसियाका महानिर्देशक वर्नर लाइप्याचको समुपस्थितिमा विद्युत प्रसारण संरचना सुधारका लागि २६ करोड अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर गरेका छन्।
उक्त अवसरमा लाइप्याचले भने,‘एडीबीले पाकिस्तानमा विद्युत प्रसारण संरचनालाई विशाल, मजबुत तथा अझ राम्रो बनाउन थप सहकार्य गर्न तयार रहेको बताए।’
उनले विद्युतीय सेवालाई विना अवरुद्ध आपूर्ति गर्न विश्वसनीय तथा मजबुत प्रसारण संरचनाको आवश्यकता रहेकोले यसबाट पाकिस्तानी उद्योग तथा आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सम्झौता अनुसार पाकिस्तानले सिन्ध तथा बलोचिस्तान क्षेत्रमा २ सय २० किलोभोल्ट विद्युत प्रसारण संरचनालाई सुधारिने योजना रहेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।