नयाँ दिल्ली (एजेन्सी)– फिल्म ‘वीरगति’की अभिनेत्री पूजा डडवाल अस्पताल भर्ना भएकी छन्।
फिल्ममा सलमान खानसँग अभिनय गरेकी पूजालाई क्षयरोग र फोक्सोमा समस्या देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पूजा १५ दिनदेखि मुम्बईको शिवन्डी टिबी अस्पतालमा उपचाररत छिन्। उपचार खर्चको अभाव झेलिरहेकी उनले उपचारका लागि सलमान खानसँग सहयोग मागेकी छन्।
‘मलाई ६ महिनाअघि टिबी भएको पत्ता लाग्यो। मैले सहयोगका लागि सलमानसँग सहयोग माग्ने कोसिस गरेकी छु। तर, अहिलेसम्म सम्पर्क हुन सकेको छैन’, पूजाले भनेकी छन्।
उनले चिया पिउने पैसा समेत आफूसँग नभएको बताएकी छन्। स्वास्थ्य बिग्रेकै कारण पूजालाई पति र परिवारले छाडेको बताइएको छ। उपचार हुन नसकेका कारण उनको स्वास्थ्य बिग्रँदै गएको छ।
पूजाले 'वीरगति', 'हिन्दुस्तान' र 'सिन्दुरकी सौगन्ध'मा अभिनय गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।