एजेन्सी– सलमान खानको ‘रेस ३’ को पोस्टर सार्वजनिक भएको छ।
पोस्टरमा सलमान एक्सन स्टाइलिस रुपमा देखिएका छन्। ट्विटमा उनले भनेका छन्, ‘यो हप्ता रेस थ्रीका टिमसँग भेट्ने छु... मेरो नाम हो सिकन्दर। सेल्फलेस ओभर सेल्फिस।’
सलमान आवुधाबीमा यही फिल्मको सुटिङमा छन्। उनले फिल्मका लागि एउटा गीत पनि आफै लेखेका छन्। फिल्म यही वर्षको इदमा रिलिज हुनेछ। फिल्ममा ज्याकलिन फर्नान्डिस, बबी देवल, अनिल कपुर, डेजी शाह र साकिब सलिमजस्ता स्टार पनि छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।