एजेन्सी– शुक्रबार रिलिज भएको अजय देवगनको फिल्म रेडले बक्स अफिसमा राम्रो कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। हरेक दिन फिल्मले आम्दानी बढाउँदै लगेको छ।
फिल्मले रिलिज भएको दिन ९ करोड ७५ लाख भारतीय रुपैयाँ आम्दानी गरेको थियो भने शनिबार १३ करोड २५ लाख आम्दानी गरेको थियो। यसैगरी, फिल्मले आइतबार १७ करोड भारु आम्दानी गरेको छ।
तीन दिनमा फिल्मले ४० करोड भारु कमाएको छ। फिल्म रेड सत्य घटनामा आधारित फिल्म हो। अजय देवगनले ट्याक्स अफिसरको भूमिका निभाएका छन्। अभिनेत्री इलिनिया डिक्रुजले फिल्ममा अजयको श्रीमतीको भूमिका निभाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।