• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘मंगलम्’बाट पुष्पको फक्रिने संकेत

64x64
नेपाल लाइभ आइतबार, चैत ४, २०७४  ०६:२७
1140x725

‘तपाईंलाई हिरो बन्नु छ कि अभिनेता?’ केही समयअघि मैले अभिनेता पुष्प खड्कालार्इ प्रश्न गरेको थिएँ। 

पुष्पको सरल उत्तर थियो,‘मलाई हिरो र अभिनेताको कुनै तर्क थाहा छैन। अर्थ पनि त्यति जान्दिन। सानैदेखि मेरो लगाव हिरो बन्ने थियो। अभिनय राम्रो गर्ने प्रयास गर्छु तर बन्नु हिरो नै छ।’

उनी हिरो बने कि बनेनन्, त्यो उनै जानुन्। फिल्म ‘मंगलम्’  हेरेपछि महशुस भयो उनी अभिनेता भने बनिसकेछन्। अहिले कि अभिनय राम्रो भएका, कि अनुहार मात्रै चकलेटी रहेका हिरोहरु छन् नेपाली फिल्ममा। यी दुवैको गठजोड भएको एउटा उत्तम विकल्पका रुपमा उनले यसै फिल्ममा आफूलार्इ प्रस्तुत गरेका छन्। 

चकलेटी अनुहारधारी पुष्प फक्रिन थिएटरको मलजलले काम गरेको हो। नेपाली कला क्षेत्रमा संघर्ष गरिरहँदा रंगकर्मी अनुप बरालको एक्टर्स स्टुडियोमा अभिनय सिकेको उनले फिल्ममा भरपुर उपयोग गरेका छन्।  

‘म्युजिक भिडियोमा अवसर पाउनुअघि मैले लामै समय संघर्ष गरिसकेको थिएँ। डान्स कल्चरमा डान्स सिकेर त्यहीँ सिकाउने भइसकेको थिएँ।’,उनले आफ्ना पुराना दिन सम्झिदै भने,‘सानैदेखि कराँते खेलाडी थिएँ। अभिनय पनि सिकें। यसले गर्दा ‘चान्स पाएपछि देखाइदिन्छु’ भन्ने मनोबल थियो।’

तर, खोजेजस्तो चान्स पाउनै समय लाग्यो। फिल्ममा ‘देर’ गरेर  दुरुस्त आएका उनी म्युजिक भिडियोका भने चर्चित अनुहार हुन्। ‘पिलायो साथीले’, ‘तिम्रो मौन इसारा’, ‘हेलो मञ्जरी’लगायत हिट गीतले उनको परिचय स्थापित भएको छ। 

पुष्पले निर्देशक आलोक नेम्वाङलाई मोडलिङमा आफुलाई चिनाइदिने मान्छे रुपमा लिन्छन्। उनलार्इ संघर्ष सिकाउने पनि आलोक नै हुन्। उनी भन्छन्,‘आलोक सरजस्ता व्यावसायिक म्युजिक भिडियो निर्देशक नभइदिएको भए सायद म उहिल्यै काठमाडौँ छाडेर गइसकेको हुन्थेँ।’ 

आलोकलार्इ भेट्नुअघि त्यतिबेला चलेका सबै म्युजिक भिडियो निर्देशक भेटिसकेका थिए उनले। उनी सम्झिन्छन्, ‘कतिसँग त एक चान्सका लागि रोएर याचना गरेको थिएँ। आशा देखाए पनि कहिल्यै अवसर नआएपछि निराश थिएँ।’ त्यहीबेला उनले एकपल्ट ओलोक नेम्वाङलाई भेट्ने निधो गरे।

Ncell 2
Ncell 2
nimb
nimb

‘उहाँले ‘फोन नम्बर र तस्बिर छाडेर जानू, हेरौँला’ भन्नुभयो।’ प्रायःले यस्तै भन्ने गरेका थिए। ‘विश्वास लागेको थिएन’, उनी भन्छन्,‘तर, तीन दिनपछि गायक हेमन्त शर्माको फोन आयो। आलोक सरले निर्देशन गर्ने म्युजिक भिडियोमा सानो भूमिका छ भनेर।’

उनको काम देखेपछि निर्देशक नेम्वाङले भनिरहन्थे– म तिम्रो लेभल बनाइदिन्छु। त्यसैले नेम्वाङले सुरुमै केकी अधिकारी, प्रियंका कार्की, नीता ढुंगानादेखि झरना बज्राचार्यसँग म्युजिक भिडियोमा पुष्पलाई अभिनय गराए। 

उनी कैलालीबाट काठमाडौं आउँदा मोडल वा हिरो बन्ने आफ्नो हैसियत छ भन्ने ठान्थेनन्। मनमा भने ‘कुनै दिन प्रयास गर्छु’ भन्ने लागिरहन्थ्यो उनलार्इ। त्यसैले कैलालीमा आईएस्सी सकेपछि आईटी पढ्न काठमाडौँ आए। कान्तिपुर टेक्निकल कलेजमा कम्प्युटर पढ्न सुरु गरे। यही समयमा उनले डान्स पनि सिक्न थाले।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यही क्रममा मोडलिङ र अभिनयको भोक बढ्न थालेपछि उनमा पनि हिरो बन्ने पुरानो सपना पुरा गर्ने मन भयो। त्यसैले  उनी यही क्षेत्रमा मात्रै स्ट्रगल गर्न थाले। 

आईटी पढेको मान्छे काम नगरेर यता भड्किएको कुरा उनका अभिभावकलाई स्वभाविक लागेन। जेठो सन्तान भएका कारणले पनि उनले जागिर गरेर घरव्यवहार सम्हाल्नुपर्ने स्थिति थियो। उनका बुबाले जागिर खोजिदिए पनि तर, जागिरमा उनको मनै बसेन। ‘मलाई त मोडल बन्नु थियो। हिरो बन्नु थियो। जिन्दगीमा फेरि मौका आउँछ कि आउँदैन, एकपल्ट ट्राइ गर्छु भनेर लागेँ। तर त्यही समयदेखि नै घरबाट हुने आर्थिक सहायता बन्द भयो’, उनले सम्झिए।

त्यसपछि उनको जीवनको वास्तविक संघर्ष सुरु भयो। ‘बुबा रिसाएर बोल्न छाड्नुभयो। दुई वर्ष बोलचाल भएन। म घर पनि गइनँ। के मुख लिएर जानु भन्ने भयो,’ उनले ती दिनका याद ताजा बनाए, ‘तीन वर्ष संघर्ष गर्दा पनि अवसरको छेउछाउ पुग्न नसकेपछि म घर फर्किने निधोमा पुगेको थिएँ। बुबालाई म फर्किदैछु, तपाईंले भनेकै काम गर्न भनेर फोन गर्न खोजेँ। तर, भन्ने आँट नआएर धेरै पटक फोन काटेको थिए।’

यही स्थितिमा उनको निर्देशक नेम्वाङसँग भेट भएको थियो। उनी म्युजिक भिडियोमा जम्न थाले र रमाउन थाले। उनलार्इ यही ठूलो कुरा पनि थियो।

बिस्तारै माथि उक्लिन थालेको करिअरमा एक्कासी ब्रेक मिल्यो। ब्रेक दिलाउन अगाडि आए निर्देशक तुलसी घिमिरे। घिमिरेको ‘दर्पण छायाँ– २’मा मुख्य अभिनेताका रुपमा अवसर पाउनु उनका लागि ठूलो सपना पूरा भए बराबर थियो। तर फिल्मको कमजोर व्यापारले उनलार्इ त्यो सपना नमिठोजस्तै विपना लाग्यो।

यो फिल्ममा मूख्य भूमीका निभाएपछि उनले छवि ओझा निर्मित फिल्म ‘मंगलम्’सँग जोडिएका हुन्। सो फिल्ममा निर्देशक नवल नेपालले पुष्पमा रहेको अन्तर्निहीत क्षमताको भरपुर उपयोग गरे। फिल्मले व्यवसायिक सफलता हासिल गरिररहेको छ भने दर्शकहरुबाट पुष्पको अभिनय क्षमताको तारिफ भइरहेको छ।

म्युजिक भिडियोमा हुँदासम्म नाम पुष्प थियो। ‘दर्पण छायाँमा–२’ मा नाम फेरेर उनी पुष्पल भए। तर ‘मंगलम्’सम्म आइपुग्दा फेरि उनी पुष्प भएका छन्। पुष्पलबाट पुष्पमा फर्किएका उनले मंगलम्बाट नेपाली फिल्म क्षेत्रमा फक्रिने संकेत गरेका छन्।

 

प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  ०६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्