• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

ओस्कार मनोनयनमा परेका निर्देशकसँगै काम गरेका कल्पितको नजरमा नेपाली सिनेमेटोग्राफी

64x64
नेपाल लाइभ आइतबार, चैत ४, २०७४  ०३:३७
1140x725

काठमाडौं– विष्णु घिमिरे कल्पितलाई नेपाली सिने क्षेत्रमा पर्दा पछाडिको नायक भन्दा फरक नपर्ला। ललितपुरको गोदावरी वडिगाउँमा जन्मिएका कल्पितले २०४६ सालबाट क्यामरा चलाउन सुरु गरेका हुन्। पारिवारीक पृष्ठभूमि कमजोर भएका कारण उनले एसएलसी परीक्षा दिएपछि फोटो स्टुडियोमा काम सुरु गरेका थिए। तर, अहिले उनी नेपालको उत्कृष्ट छायाँकारमध्येमा पर्छन्।

कतारी मिडिया हाउस अल–जजिरा, जापानको मिडिया कम्पनी एनएचके, जर्मन टिभी, टिभी साउथ एसिया, ओस्कारको मनोनयनमा परेका निर्देशक एरिक भ्याली, एमी अवार्डको मनोनयनमा परेकी पत्रकार सुविना श्रेष्ठ जस्ता विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा व्यक्तिसँग आवद्ध रहेर काम गरिसकेका कल्पित नेपाली फिल्म क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्।

उनले आफ्नो करिअरको सुरुवात एनालग सिस्टमबाट गरेका थिए। तर, आजको डिजिटल युगमा पनि उनी उत्तिकै पोख्त र परिस्कृत देखिन्छन्। भन्छन्, ‘कहाँ आजको प्रविधि अनि कहाँ उतिबेलाको। त्यतिबेला खुला आकाशमा सूर्यको प्रकाशलाई पछ्याउँदै फोटो खिचेर ७÷८ दिनमा फोटो निकाल्ने प्रविधि थियो। तर एकदमै असजिलो।’

काम गर्न थालेको ६ महिनापछि कलरमा फोटो प्रिन्ट हुन थालेको कल्पित सम्झन्छन्। ‘त्यो पनि हङकङमा प्रिन्ट गरेर नेपाल आउँदा ६ महिना लाग्थ्यो। आफूले खिचेको फोटो हेर्न पनि ६ महिना कुर्नु पथ्र्यो,’ उनी भन्छन्।

अहिलेको युग आफूले भोगे जस्तो नभएको उनको ठम्याई छ। उनले ०५६ सालतिर रामकृष्ण ढकालको फिल्म आशिर्वादमा स्टिल फोटोग्राफरको रुपमा काम गर्ने मौका पाएका थिए। सामान्य फोटो स्टुडियो, विवाह, ब्रतवन्धमा फोटो खिच्दा–खिच्दै फिल्ममा काम गर्न पाउनु कल्पितका लागि स्वभाविक रुपमा ठूलो कुरा थियो। यसपछि उनको भाग्यले नयाँ मोड लियो।

कल्पित सानैदेखि गीत–संगीत र साहित्यमा रुचि राख्थे। तर, घरायसी बाध्यताका कारण उनले आफ्नो रुचीलाई त्यागेर स्टुडियोमा काम गर्नुपर्यो। अनुभव सुनाउने क्रममा उनले भने, ‘मलाई कहिलेकाहीँ अचम्म लाग्छ। क्यामेरा बोकेर पनि यति ठूलो प्रगति गर्न सकिन्छ भन्ने कुरामा।

उनको करिअरले त्यतिबेला युटर्न लिएको थियो, जब दैयव शाहको फिल्म ‘बेइमानी’ मा विजय चालिसेले उनलाई स्टिल फोटोग्राफीको अफर गरे। ‘यसपछि निर्माता गौतम श्रेष्ठले आफूले निमार्ण गरेको फिल्मको नियमीत सुटिङमा मलाई स्टिल फोटोग्राफीका लागि बोलाउन थाल्नु भयो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल लाइभसँगको कुराकानीमा कल्पित आफ्नो जीवनको भोगाई र अनुभव खोल्न आतुर देखिए। भन्दै थिए, ‘काम गर्न खुब मजा आईरहेको थियो।’ 

एकदिन गौतम श्रेष्ठले नयाँ फिल्म ‘मुक्तिदाता’को युनिटमा कल्पित नभएको जनाउ दिएछन्।  कल्पितको मन त्यतिबेला निकै चिसिएको थियो। उनी पहिलो पल्ट स्तब्ध भए। उनलाई स्टिल फोटोग्राफी प्रति नै वितिष्णा जागेर आएछ। उनले स्टिल फोटोग्राफीमा भविष्य नै देखेनन्।

यसपछि उनको जीवनले अर्को मोड लियो। उनी भारतको पुना पुगेर भिडियोग्राफीको औपचारिक अध्ययनमा लागे। यतिबेला कल्पितले पाटन क्याम्पसबाट बिएको अध्ययन पुरा गरिसकेका थिए। तर, पुनामा उनले अध्ययन पुरा गर्न सकेनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फोटोग्राफीमा उनको अनुभव देखेपछि त्यहाँका प्रोफेसरले उनलाई सर्टिफिकेटका लागि भन्दा पनि अनुभव र सीपका लागि अध्ययन गर्न सुझाए।

नेपाली फिल्मका छाँयाकार र निर्देशकले कुरा गर्दागर्दै मुम्बैया फिल्मबाट प्रभावित बनेका कल्पितले पुनामा बस्दै गर्दा मुम्बई धाउने कामलाई पनि निरन्तरता दिए। जब उनले मुम्बैया मसाला फिल्म निमार्णको तिगडम बुझे, उनलाई सवै बेकार लाग्यो।

उनी अहिले पनि भन्ने गर्छन्–‘विगतमा नेपाली फिल्म मेकरले मुम्बईको फिल्मी शैलीलाई नपछ्याएर विदेशी इन्डस्ट्री पछ्याएको भए आज नेपाली फिल्म निकै माथि उठिसकेको हुने थियो।’ 
नेपाली फिल्म उद्योगले जे कुरामा ध्यान दिनेपर्ने हो, त्यसमा नदिएर, अन्य कुरामा बढी ध्यान दिएका कारण स्तर घटेको उनको ठम्याई छ।

पुनामा बस्दै मुम्बईको अध्ययन अंगाल्ने सोच कल्पितलाई चित्त बुझेन। त्यसपछि उनले पुनास्थित गान्थी रोडमा खोलिएको एक प्राइभेट इन्सिच्युटमा सिनेमेट्रोग्राफीको अध्ययन गरे।

त्यहाँ पनि उनको मन बसेन। यहाँ अध्ययनरत हुँदा उनका थुप्रै भोगाई छन्। कल्पितले यहाँ फिल्मको व्यवहारिक अध्ययन त गरे तर सर्टिफिकेट नबोकी फर्किए। करिब साढे तीन वर्ष नेपाल र पुना धाउने क्रममा उनले सिनेमेटोग्राफीमा छुट्टै स्थान बनाइसकेका थिए।

भारत बसाइँमा उनले फिल्म त खिचेनन् तर सामान्य डकुमेन्ट्री, सिरियललगायत केही प्रोजेक्टमा काम गरे। पुनाबाट फर्किएपछि उनले केही समय नेपाल वान टेलिभिजमा पनि जागिर खाए। 

सिनेमेटोग्राफरको रुपमा कल्पितको पहिलो फिल्म ‘हिफाजत’ थियो। उनले जलजला, मलाइ माफ गरिदेउ, समय, अन्दाज हुँदै गत शुक्रबारबाट रिलिज भएको ‘मंगलम’ फिल्ममा पनि क्यामरा घुमाईसकेका छन्।

फिल्म खिचेर अहिलेसम्म कति दाम कमाए, उनी त्यो खुलाउन चाहँदैनन्। तर, आत्मसन्तुष्टी भने पाएको उनको भनाई छ। ‘अन्दाज’बाट राष्ट्रिय पुरस्कार जितेका उनी ‘विदेशमा नेपाली फिल्मको सिनेमेटोग्राफर हुँ’ भनेर छाती फुलाउने अवस्था नआइसकेको बताउँछन्।

‘अहिले पनि म विभिन्न अन्तर्राष्ट्रिय संघ सस्थामा आबद्ध हुने बेला नेपाली फिल्मको सिनेमेटोग्राफर नभएर एक सहयोगीको रुपमा काम गर्ने गरेको बताउँछु।’

नेपाली फिल्ममा प्रायः स्क्रिप्टले मागेको दृष्य, दर्शकको मनोविज्ञान र दृष्यमा दिनुपर्ने प्रकाश एकातर्फ रहने तर बलिउड, हलिउडको अनावश्यक सिको गरेर प्रोड्युसर र डाइरेक्टरको दबाबमा दृश्य सम्पादन गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। ‘त्यसैले हामीले शिर ठाडो पारेर अन्तर्राष्ट्रिय जगतमा बोल्न सक्ने अवस्था छैन,’ उनले भने।

नेपालको प्राकृतिक बनोट र यहाँको कथावस्तुका कारण विभिन्न अन्तर्राष्ट्रिय अवार्डका लागि मनोनित हुने फिल्म तथा डकुमेन्ट्री पनि क्यामरा र कलरटोनको अव्यावहारिक प्रस्तुतीले गर्दा अवार्ड जित्न नसकेको उनको बुझाइ छ।

कल्पितले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा धेरै अनुभव सँगालिसकेका छन्। नेपाली सिनेमेटोग्राफीमा आफूलाई कहाँ पाउनुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘आइ एम अ पर्फेक्ट स्टुडेन्ट अफ द सिनेमेटोग्राफी इन नेपाल।’ 

 

प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  ०३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्