नगरकोट– तामाङ समुदायबाट सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङतानको सहयोगार्थ भक्तपुरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
स्याङतानले सगरमाथा आरोहणमा सफलता हात पार्न सके उनी तामाङ समुदायको तर्फबाट सगरमाथा आरोहण गर्ने दोस्रो महिला आरोही बन्नेछिन्। उनले गौतम बुद्ध नेपालमा जन्मेका हुन् तथा मानव बेचबिखन विरुद्धको नारा लिएर सगरमाथाको आरोहण गर्न लागेकी छन्।
विश्वको सर्वोच्च शिखरमा पुगी बुद्धको सन्देश संसारभर प्रवाह गर्न अग्रसर रहेकी स्याङतानको सहयोगार्थ कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक विकु थोकरले बताए।
हाल तामाङ समुदायमा मात्र नभएर नेपाली चेली विभिन्न बहानामा विश्वका विभिन्न स्थानमा बेचिएकोविरुद्धमा पनि स्याङतानको यो बलियो कदम रहेको थोकरले दावी गरे।
थोकर फिल्म प्रालिले गरेको बृहत सांस्कृतिक कार्यक्रममा तामाङ समुदायका विभिन्न चर्चित कलाकारले आफ्नो प्रस्तुति राखेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।