• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउन सरकारको जोड 

होला त अर्बौं रुपैयाँ खर्चको सदुपयोग? 
64x64
नेपाल लाइभ शनिबार, मंसिर २८, २०७६  ०७:४५
1140x725

काठमाडौं- रोजगारीको खोजिमा विदेश जाने नेपाली युवाहरुलाई सीपयुक्त बनाएर पठाउने लक्ष्यसहित सरकारले अर्बौ रुपैयाँ खर्च गर्दै आएको छ। 

सुरक्षित आप्रवासन परियोजना सामी तथा वैदेशिक रोजगार बोर्डमार्फत युवाहरुलाई सीपयुक्त तालिम दिई वैदेशिक रोजगारीमा पठाउन सरकारले वार्षिक बजेट छुट्याउँदै आएको छ। 

सरकारले यस वर्षको स्वीकृत नीति, योजना तथा कार्यक्रम  (राज्यका नीतिहरु) को खण्ड (झ) श्रम तथा रोजगार नीतिअन्तर्गत बुँदा नम्बर (५) मा वैदेशिक रोजगारलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने, तथा बुँदा नम्बर (६) मा वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने संवैधानिक व्यवस्था गरेको छ। 

सोही व्यवस्थाअनुरुप वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउने कार्यक्रमका लागि यस वर्ष सरकारले वैदेशिक रोजगार बोर्डलाई २५ करोड बजेट विनियोजन गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। 

‘अघिल्लो वर्ष पनि सीपयुक्त जनशक्ति वैदेशिक रोजगारीमा पठाउने कार्यक्रमका लागि थोरै बजेट विनियोजन भएको थियो, केही वर्षअगाडि यहि कार्यक्रममा अर्बौं खर्च भयो उपलब्धी भएन भन्ने आलोचनाका कारण अघिल्लो वर्ष अध्ययन तथा छलफल मात्रै गरियो, यो वर्ष निःशुल्क तालिम प्रदान गर्ने कार्यक्रम बोर्डले सुरु गरिसकेको छ।’ कार्यकारी निर्देशक श्रेष्ठले नेपाल लाईभसँग भने। 

अघिल्लो वर्ष छुट्याइएको बजेटमा सीप विकासका लागि आवश्यक पूर्वाधार विकासमा जोड दिइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए। 

निर्देशक श्रेष्ठ भन्छन्, ‘केही वर्षअगाडि सीपयुक्त जनशक्तिका लागि सरकारले छुट्याएको बजेटको सदुपयोग हुन नसकेपछि हामीले यस कार्यक्रमलाई व्यवस्थित गर्दै लैजान पूर्वाधार विकासमा जोड दियौँ, सीपका लागि आवश्यक पाठ्यक्रम परिमार्जन गरी तयार गरियो, अघिल्लो वर्ष ट्रायलका रुपमा मात्रै तालिम सुरु गर्ने काम भयो।’

सरकारले केही वर्ष अगाडिदेखि नै वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउने कार्यक्रमका लागि बोर्डअन्तर्गत वार्षिक रुपमा बजेट छुट्याउँदै आएको थियो। कार्यक्रम प्रभावकारी नभई अर्बौं रुपैयाँ सकिएको भन्दै आलोचना भएपछि दुई वर्ष अगाडिदेखि पुनः बोर्डमार्फत निःशुल्क सीप कार्यक्रमका लागि बजेट छुट्याउन छाडिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सामी परियोजनामा अर्बौ खर्च, खोइ दक्ष जनशक्ति? 
सरकारले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सुरक्षित आप्रवासनका लागि कानूनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, साक्षरता, मनोसामाजिक परामर्शलगायत कार्यक्रमका लागि भन्दै अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ। 

तर यस परियोजनामा गरिएको खर्चअनुरुप उपलब्धी भने देखिँदैन। 

एक दशक अगाडिदेखि श्रम आप्रवासन क्षेत्रलाई सुरक्षित बनाउने गरी काम गर्दै आएको यो परियोजनाअन्तर्गत पहिलो चरण र दोस्रो चरणको कार्यक्रम सकिइसकेको छ। 

हाल तेस्रो चरण कार्यान्वयनको क्रममा छ। यो परियोजनामार्फत सन् २०११ देखि २०१७ सम्म करीब ९ हजार युवाहरुले मात्रै सीपमूलक तालिम लिएका छन्। 

सन् २०१८ देखि २०२२ सम्म विभिन्न तालिम प्रदायक केन्द्रमार्फत ७ हजारभन्दा बढी युवालाई तालिम प्रदान गर्ने लक्ष्य सामीको छ। रोजगारीको खोजीमा दैनिक १ हजारभन्दा बढी युवाहरु विदेशीनु पर्ने बाध्यात्मक अवस्था भएको मुलुकमा सामीबाट तालिम लिएर जानेहरुको संख्या ज्यादै न्यून हो। सामीको तथ्यांक हेर्दा उल्लेख्य संख्यामा युवाहरुले तालिम पाउन सकेका छैनन्।

चालु आर्थिक वर्षमा हाल कार्यान्वयनका क्रममा रहेको सामी परियोजना (तेस्रो चरण) का लागि स्वीट्जरल्याण्ड सरकारले २ अर्ब रकम अनुदान समेत प्रदान गरेको छ। 

अदक्ष कामदारको लर्को कहिलेसम्म? 
नेपालमा पर्याप्त रोजगारीका अवसर नभएकै कारण रोजगारको खोजीमा नेपालबाट ४० लाखभन्दा बढी नेपाली युवाहरु विश्वका विभिन्न मुलुकमा पुगेको सरकारी अनुमान छ। 

त्यसमध्ये ७० प्रतिशतभन्दा बढी अदक्ष कामदारहरु वैदेशिक रोजगारमा पुग्ने गरेका छन्। 

आर्थिक वर्ष २०७४/०७५ मा विदेशिएका ३ लाख ५४ हजार युवाशक्तिमा ७० प्रतिशतभन्दा बढी अदक्ष रहेको विभागको तथ्यांकले देखाएको छ। 

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा ५ लाख ८ हजारमध्ये २ लाख ८० हजारभन्दा बढी अदक्ष युवाशक्ति विदेशिएका छन्। 

अदक्ष रुपमा जाने कामदारहरु परदेशमा पुगेर जोखिमयुक्त काम गर्न बाध्य छन् र विभिन्न समस्यामा समेत पर्दै आएका छन्। 

कतार, साउदी, मलेसिया, ओमन, बहराइन, युएई लगायतका देशमा निकै ठूलो संख्यामा अदक्ष कामदार रोजगारीका लागि पुग्ने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। 

सीप नभएकै कारण कामदारहरुलाई नेपालमा एउटा काममा सम्झौता गरेर अर्कै जोखिमयुक्त काममा पठाइने क्रम बढ्दै गइरहेको छ। विभागका अनुसार वैदेशिक रोजगारका क्रममा समस्यामा परेका उजुरी लिएर आउने धेरै जसो कामदारहरु अदक्ष नै हुने गरेका छन्। अदक्ष भएकै कारण उनीहरु परदेश पुगेर सस्तो पारिश्रमिकमा कठिन काम गर्न बाध्य छन्। 

वैदेशिक रोजगारका क्रममा आइपर्ने भयावह जोखिमलाई मध्यनजर गर्दै सरकारले चालु आर्थिक वर्षदेखि सीपयुक्त जनशक्तिमात्रै वैदेशिक रोजगारीमा पठाउने नीति अघि सारेको थियो। सुरुवाती चरणमा सीप परीक्षण तथा तालिमको व्यवस्थालाई अनिवार्य गर्न सम्भव नभएपछि यो व्यवस्थालाई बिस्तारै कार्यान्वयन गर्दै लैजाने सरकारको धारणा छ। 

प्रभावकारी कार्यान्वयनमा जोडः सचिव 
वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउने नीति सरकारको वार्षिक कार्यक्रम नै भएकाले सरकारले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएको श्रम सचिव बिनोद केसीले बताए। 

‘वैदेशिक रोजगारीमा सीपयुक्त युवाशक्ति पठाउने नीति कागजमा मात्र होइन अब कामबाटै सुरु हुन्छ, हामी अब यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन्छौँ।’ सचिव केसीले भने।

सीप तालिमको गुणस्तरीयता तथा प्रभावकारिताका लागि प्रकृया अगाडि बढिसकेको उनको भनाइ छ। 

बोर्डले यस वर्ष १५ हजारलाई निःशुल्क तालिम दिँदै 
बोर्डले चालु आर्थिक वर्षमा १५ हजार युवाहरुलाई निःशुल्क तालिम प्रदान गर्ने कार्यक्रम सुरु गरिसकेको छ। 

बोर्डले सबैभन्दा बढी डिमाण्ड आउने किचन हेल्पर, कुक, हाउस किपिङ, वेटर, सेक्युरिटी गार्ड, स्कापफोल्डिङ, मेशन, सटरिङ, कार्पेन्टर, इलेक्ट्रिसियन, स्टिल फिक्चर्स, प्लम्बिङ, गार्मेन्ट, टेलर, पेन्टिङ लगायत कामसम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। 

तालिमका लागि न्यूनतम १ सय ६० घण्टाको छुट्टाछुट्टै पाठ्यक्रम तयार गरिएको छ। तालिमका लागि वैदेशिक रोजगार विभागले तत्काल २९ वटा तालिम प्रदायक केन्द्रलाई इजाजत दिएको छ। पायक पर्ने स्थान हेरेर यो संख्या बिस्तारै बढाउँदै लैजाने विभागले जनाएको छ। 

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नौ दिनपछि लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ शव
कुलमानले प्रधानमन्त्री बालेनलाई सिकाए सुरुङभित्र फसेकाको उद्धार गर्ने तरिका
विनाशकारी बाढीपछि तत्काल उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि समन्वित पहल गर्न नेपाल डेभलपमेन्ट वाचले गर्यो आग्रह
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नौ दिनपछि लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट निकालियो २ शव बिहीबार, भदौ १८, २०८३
कुलमानले प्रधानमन्त्री बालेनलाई सिकाए सुरुङभित्र फसेकाको उद्धार गर्ने तरिका बिहीबार, भदौ १८, २०८३
विनाशकारी बाढीपछि तत्काल उद्धार, राहत र दीर्घकालीन पुनर्स्थापनाका लागि समन्वित पहल गर्न नेपाल डेभलपमेन्ट वाचले गर्यो आग्रह बिहीबार, भदौ १८, २०८३
कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु बिहीबार, भदौ १८, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
कृष्णभीरमा सडक भासिएको ८२ घण्टापछि डाइभर्सन निर्माण सुरु बिहीबार, भदौ १८, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्