बगदाद– इराकको एउटा अदालतले इस्लामिक स्टेट्स(आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा ४ जना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ।
उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिएका छन्। इराकको सर्वोच्च न्यायलयका प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ। आफुमाथिको अभियोग ती महिलाले स्वीकार गरेका छन्।
मृत्युदण्डको सजाय सुनाइएका महिलाहरूको उमेर २० देखि ५० वर्षसम्मको रहेको र उनीहरुलाई कालो पोशाकमा केही दिनमात्र अघि बग्दादस्थित फौजदारी अदालतमा उपस्थित गराइएको थियो।
इराकको मोसुल सहरबाट आइएस लडाकूलाई लखेटेपछि इराकी सुरक्षाफौजले आइएसको संलग्नताको खोजी गरिरहेको छ।
सुरक्षा फौजले पछिल्लो समयमा ५ सयभन्दा बढी बालबालिकालाई विभिन्न सहरबाट पक्राउ गरेको एएफपी समाचार समितिले जानकारी दिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।