नुवाकोट– नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको सभापतिमा सुरथबहादुर चित्रकार निर्वाचित भएका छन्।
मंगलबार रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको २९औं जिल्ला सभाको अधिवेशनले चित्रकारलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो। सभापतिमा उम्मेदवारी दिएका पूर्व अध्यक्ष गणेशकुमार नेपालले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएपछि चित्रकार निर्विरोध भएका हुन्।
अधिवेशनले १२ जना सदस्य भने निर्वाचन मार्फत चयन गरेको छ। निर्वाचित हुनेहरुमा उद्धव शर्मा रिजाल, हरि श्रेष्ठ, सीता तामाङ, विनोद पाठक, बादलमान श्रेष्ठ, नवराज सुवेदी, निरञ्जनप्रसाद आचार्य रहेका छन्। त्यस्तै, अन्य सदस्यहरुमा केशव सुवेदी, नारायणबहादुर पाण्डे, श्रीराम पाण्डे र गोकर्णराज ढकाल निर्वाचित भएको रेडक्रस सोसाइटी नुवाकोटले जनाएको छ। १२ सदस्य पदका लागी २१ जनाको उम्मेद्धवारी परेको थियो।
निर्वाचित १२ सदस्यबाट २ जना उपसभापति, कोषाध्यक्ष, सहकोषाध्यक्ष, मन्त्री र उपमन्त्री मनोनीत गर्ने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।