• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

ज्यान लिने ‘सेप्सिस’ के हो ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २९, २०७४  २०:१६
1140x725

सेप्सिस के हो ? मेडिकल शिक्षा पाएका कति चिकित्सकले समेत यो विषयमा जानकारी प्राप्त गर्न सकेका हुँदैनन् । आम जनतामाझ त यो झन् ‘के हो, के हो?’ जस्तो भएको छ।

क्यान्सर र एड्स भन्दा भयावह र तीव्र गतिमा फैलिरहेको सेप्सिसले हरेक ३ देखि ४ सेकेन्डमा एउटा बिरामीको ज्यान लिन्छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, यो यथार्थ हो र यो ज्ञान नै यस विरुद्ध लाग्न, चेतना जगाउन र हातेमालो गरेर यसलाई निस्तेज पार्न सहकार्य गर्न उत्प्रेरित गर्ने एउटा कुरा पनि  हुन सक्छ।
हरेक वर्ष क्यान्सर, एड्स, मस्तिष्कघात र हृदयघातको रोकथाममा जति खर्च र ध्यान दिइन्छ, त्यति नै खर्च र ध्यान सेप्सिसको रोकथाम र उपचारमा दिने हो भने धेरैको ज्यान जोगिन सक्छ । त्यति मात्रै होइन, यसको कारणले हुने खर्च र विनाशको मात्रामा कमी ल्याउन अवश्य सकिन्छ !

याे पनि ‍- यो पनि - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन् ?

सघन उपचार कक्षमा काम गर्ने चिकित्सक भएकाले विश्वमै टाउको दुखाइको विषय रहेको र  बर्षेनी करोडौंको ज्यान अनाहकमा लिईरहेका तर रोक्न सकिने एउटा अवस्था ‘सेप्सिस’को बारेमा उल्लेख गर्दैछु। आज ‘विश्व सेप्सिस दिवस’ अर्थात् सेप्टेम्बर १३ को मौका पारेर सेप्सिस बारे केही जानकारी पस्किने प्रयास गरेको छु ।

के हो सेप्सिस ?
सेप्सिस भनेको शरीरमा संक्रमण फैलिएर ज्यान नै जोखिममा पार्न सक्ने रोगको एक अवस्था हो । यसलाई शरीरमा रोग विरुद्ध लड्ने तत्वहरु वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दाखेरी उत्पन्न हुने एक किसिमको शारिरीक प्रतिक्रियाको रुपमा पनि हेर्न सकिन्छ । यो प्रतिक्रियाले ल्याउने परिवर्तनहरुले शरीरका विभिन्न अंग प्रणालीहरुलाई आक्रमण गरेर तिनलाई निस्तेज तुल्याउन सक्छ, जुन सेप्सिसको विकराल अवस्था हो ।

सेप्सिसका मुलत: तीन रुप हुन्छन:

  • सेप्सिस
  • सेप्सिस र अंग प्रणाली कमजोर हुनु : जस्तै फोक्सो, कलेजो र मृगौला
  • सेप्सिस र रक्तचाप अत्यन्त कम हुनु : नशाबाट दीइएको तरल (सलाइन) ले पनि नभई रक्तचाप बढाउने औषधि प्रयोग गर्नु परेको अवस्था

यी सबको परिणाम: शरीरलाई चाहिने अत्यावश्यक तत्वहरू जस्तै अक्सिजन, रगत र अन्य सुक्ष्म-तत्वहरू चाहिने ठाउँमा नपुग्न सक्छ र बिरामीको अवस्था झन् जटिल हुँदै जाने हुन सक्छ।

सेप्सिस कुनै रोग नभई रोगहरुको समूह (सिन्ड्रोम) हो।

Ncell 2
Ncell 2
nimb
nimb

सेप्सिस कसलाई हुन्छ त?

सेप्सिसले कुनै जात, धर्म, लिङ्ग र उमेर भन्दैन। तर यो प्राय: जसो निम्न-लिखित व्यक्तिहरुमा बढी हुने सम्भावना रहन्छ :

१. उमेर ढल्केका र रोग प्रतिरोधात्मक क्षमता कम भएका (जस्तै एच.आई.भि/एड्स, क्यान्सर, अंग प्रत्यारोपण भएका) ।

२. सघन उपचार कक्षका बिरामीहरु।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

३. चोटपटक लागेका वा पोलेको घाउ भएका बिरामीहरु।

४. कृत्रिम श्वास-प्रश्वास दिएर भेन्टिलेटरमा राखेका बिरामीहरु।

 सेप्सिसको पहिचान किन जरुरी हुन्छ?

सेप्सिसको उपचारमा गरिने प्रत्येक घन्टाको ढिलाइले बिरामीको मृत्युदर बढाउँछ र चाँडै गरिने उपचारले त्यो मृत्युदरलाई कम गर्न सकिन्छ।

सेप्सिसका लक्षणहरु:

यी चार मध्ये कुनै दुई लक्षण देखिएमा सेप्सिस भएको हुन सक्ने सम्भावना प्रबल हुन्छ:

१. शरीरको तापमान ३८.२ भन्दा माथि अथवा ३७ डिग्री भन्दा कम हुनु

२. मुटुको चाल प्रति मिनेट ९० भन्दा बढी हुनु

३. श्वासप्रश्वासको गति प्रति मिनेट २० भन्दा बढी हुनु

४. अनुमानित अथवा प्रमाणित संक्रमण भएको अवस्था

तलका लक्षण देखिएमा चाहिं सेप्सिस सहित अंग–प्रणाली काम गर्न छोडेको थाहा हुन्छ:

  • होश कम हुनु
  • पिशाबको मात्रा अति कम हुनु
  • शरीरको रगत जमाउने कोषिका (प्लेटीलेट) को संख्यामा कमी आउनु
  • मुटुको चालमा गडबडी आउनु अथवा काम गर्ने क्षमतामा कमी आउनु
  • सास फेर्न गाह्रो हुनु
  • पेट दुख्नु र जंडिस देखिनु

यी लक्षण संगै रक्तचाप अति न्यून भई औषधि प्रयोग गर्नुपरेको खण्डमा त्यो सेप्सिसको अति जटिल अथवा बिकराल अवस्था मानिन्छ, किनकि यसको मृत्यूदर धेरै हुन्छ (५०% भन्दा बेसी)

 सेप्सिस कुन जिवाणुले गराउँछ ?

सेप्सिस धेरै किसिमका जीवाणुले गराउन सक्छन; जस्तै ब्याक्टेरिया, भाईरस वा फंगस। जुनै जिवाणुले गरे पनि निम्नलिखित बिरामीमा सेप्सिस हुने खतरा धेरै रहन्छ:

  • न्यूमोनिया (फोक्सोको संक्रमण)
  • पेटभित्रको संक्रमण
  • मृगौलाको संक्रमण
  • रगतको संक्रमण

सेप्सिस भएको शंका लागेमा के गर्ने?

यदि सेप्सिस भएको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य-संस्था अथवा चिकित्सकसंग परामर्श लिनु पर्छ; औषधि पसलमा गएर जथाभावी एन्टिबायोटिक औषधि सेवन गर्नु हुँदैन।

यसका साथ-साथै चिकित्सकको सल्लाहमा रगत, खकार, दिसा, पिसाब, वा पिप आदि जांच गर्न पठाउनु पर्छ।

यसका साथै परेको खण्डमा भिडियो एक्स-रे, सामान्य एक्स-रे, सिटी-स्क्यान अथवा एमआरआई समेत गराई सेप्सिसको कारण पत्ता लगाउनुपर्ने हुन्छ।

  सेप्सिसको उपचार र रोकथाम कसरी गर्ने?

सेप्सिस भएको खण्डमा सामान्यतया गरिने उपचारहरुमा सलाईन, अक्सिजन वा परि आएको खण्डमा कृत्रिम श्वासप्रश्वास, उचित एन्टीबायोटिक, मृगौला खराब भएमा समयमै डाईलाईसीस, समयमै प्रेशर बढाउने औषधि अनि शरीरको कुनै भाग संक्रमित भएको वा कुहिएको खण्डमा शल्यक्रिया गर्नुपर्ने हुन्छ।

तर रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस हुन्छ, यस कारण केहि सामान्य कुरामा ध्यान पुर्याएमा सेप्सिसबाट बच्न सकिन्छ:

  • बिरामीलाई छुनु आघि र पछि हात धुने
  • संक्रमित वस्तु छोएपछि हात धुने
  • कुनै संक्रमण भएको शंका मात्रै लागेमा तुरुन्तै चिकित्सकको सल्लाह लिने
  • जथाभावी एन्टीबायोटिक औषधि प्रयोग नगर्ने
  • जनचेतना फैलाउने

यी सबै कुरा ध्यानमा राखेर हामी सबै मिलि हातेमालो गरेर सेप्सिसलाई निस्तेज पार्न सक्छौं !

(लेखक त्रिवि शिक्षण अस्पतालका उपप्राध्यापक हुन् )

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्