• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

जन्डिसबारे प्रश्न र उत्तर

64x64
नेपाल लाइभ मंगलबार, फागुन २९, २०७४  १६:४४
1140x725

जन्डिस भनेको के हो? केजन्डिस आफैंमा कुनै रोगहो?

जन्डिस भनेको शरीरमा पहेलो तत्व (बिलिरुबिन)  बढेको अवस्था हो।

भ्रम: यो आफैंमा एउटा रोग हो। एकदमै मुख बार्नुपर्ने रोग। मुख राम्ररी बार्न नसके बल्झिरहन्छ।

यथार्थ: यो आफैंमा कुनै रोग होइन। यो त मात्र कलेजोको रोगको लक्षण हो। जसरी ज्वरो आफैंमा रोग होइन, हो त्यस्तै कलेजो सुन्निएको वा कलेजोमा रोग लागेको छ है भन्ने संकेत हो। यस्तै, पित्तथैलीमा पत्थरी हुँदा पनि जन्डिस देखिन सक्छ।

जन्डिस हुनुका मुख्य कारण के हुन्?

१. हेपाटाइटिस ए, ई र थाइराइट। कारण फोहोर पानी।

२. पित्तथैलीमा पत्थरी।

३. रक्सी सेवन र कलेजो रोग।

Ncell 2
Ncell 2
nimb
nimb

उचित उपचार गरे जन्डिस निको हुन्छ। मुख बार्न मात्र लागाएर उल्टो बेफाइदा हुन सक्छ।

जन्डिसमा के-के लक्षण हुन्छन्?

– खान मन नलाग्ने,

– बान्ता हुने,

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

– मुख मीठो नहुने

– आलस्य,

– कमजोरी,

– पहेँलो पिसाब आउने,

– आँखाबाट पहेँलोपना सुरू भएर शरीरका अन्य भागमा देखा पर्ने,

– करङमुनिको दाहिने भाग (कोखा) दुख्ने। आदि।

जन्डिसमा के-के जाँच गर्ने?

१. रगतबाट सिबिसी र एलएफटी,

२. पिसाब बाट युरिन आरई र एमई,

३. युएसजी (पेटको भिडियो एक्स रे),

४. चिकित्सकको सल्लाह अनुसार अन्य जाँच।

माथि उल्लेखित जन्डिसका कुनै पनि लक्षण नभएको तर धेरै मानिसले बुझ्ने गरेका कुरा यस्ता छन्।

१. रगत जाँच्दा जन्डिस देखियो।

२. जति मुख बार्दा नि, रगतमा बिलिरुबिनको मात्र नर्मल नै आएन।

३. मलाई लामो समयदेखि जन्डिस छ। मुख सार्है नै बार्छु तर रगतमा बिलिरुबिन कम हुन्न। आदि।

समाधान के त?

जन्डिसका लक्षण छन् र रगतमा पनि बिलिरुबिन उच्च छ कि छैन; यो बुझ्नु जरुरी छ। जन्डिसका लक्षण नहुँदा पनि बिलिरुबिन केही उच्च रहिरहन सक्छ। एलएफटी जाँचमा रगतको बिलिरुबिनसँगै एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) भन्ने जाँच पनि हुन्छ। यो सामान्य छ भने आतिनुपर्दैन।

कति अवस्थामा जन्डिसका लक्षणहरु केही पनि हुँदैनन् तर, जति पटक रगत जाँच्दा पनि बिलिरुबिन २-३ र एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) सामान्य हुन्छ। यस्तो अवस्था धेरै भेटिन्छ। यो जन्डिस वा कलेजोको रोग होइन। जन्मजात नै कसैकसैको बिलिरुबिन अरुको भन्दा हलुका माथि हुन्छ। यिनीहरुमा जन्डिसको लक्षण केहि पनि हुँदैन तर रगत जाँच्दा बिलिरुबिन  २-३ र एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) सामान्य हुन्छ।

कम पानी पिउँदा, अनिद्रामा, बढी मासु खाँदा, शारीरिक काम बढी गर्दा बिलिरुबिन अरु बेलाको तुलनामा बढ्न सक्छ। तर एएलटी/एएसटी (एसजिपिटी/एसजीओटी) सधैं सामान्य हुन्छ। यसलाई गिल्बर्ट सिन्ड्रोम भनिन्छ। अरु बेला जस्तो जन्डिस भन्दै उपचार गराउँदै हिँड्नुपर्दैन। यस्तो अवस्था आएमा पानी बढी खाने बानी बसाल्नु राम्रो हो।

याे पनि - विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन्?

लामो समयसम्म जन्डिस देखिने मुख्य कारणहरू के-के हुन् त?

१. रक्सी सेवन र कलेजो रोग,

२. हेपाटाइटिस बी, सी (रगतबाट, असुरक्षित यौन सम्पर्कबाट, सुईबाट लागू औषध प्रयोग गर्नेहरुबाट, र आमाबाट सन्तानमा सर्ने),

३. सिरोसिस (कलेजो बिग्रिएपछि)।

उपचार कसरी गर्ने?

जन्डिसको उपचार गर्ने होइन। यो त ज्वरो आउँदा सिटामोल खाएको जस्तो भयो। जन्डिस गराउने कलेजो रोगको उपचार गर्नुपर्छ। पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र उपचार गराए निको नि हुन्छ। बल्झिरहन्छ भन्ने समस्या पनि रहँदैन। शुद्ध पानी बढी सेवन गर्नुपर्छ।

जन्डिसबारे कस्ता-कस्ता भ्रमहरु छन्?

१. लिभर टनिकबाट जन्डिसको सफल उपचार हुन्छ।

२. लिभर टनिक खाएपछि रक्सी पनि पिउन हुन्छ।

३. लिभर टनिक खाएपछि कलेजो बिग्रिँदैन।

के बार्ने के नाबार्ने?

भ्रमहरू

१. बेसार खाएमा जन्डिस बढ्छ, नुन खानु हुँदैन।

२. जे पनि उमालेको मात्र खानुपर्छ।

३. तरकारी पकाउँदा पनि तेल प्रयोग गर्नु हुँदैन।

वास्तविकता

१. पानी बढी पिउने। तर पानी उमालेको या फिल्टर गरेको हुनुपर्छ।

२. मुख नमीठो हुने हुँदा ग्लुकोज पानी, फलफूलको जुस खाने भनिएको हो। फलफूलको जुस पानीको विकल्प हुनुका साथै स्वादिलो र तागतिलो हुन्छ। कलेजोलाई असर पनि गर्दैन। सकीनसकी मेवा, उखु खोज्दै हिँड्नुपर्दैन। उखु पेल्ने हात र पानी फोहोर छ भने फाइदा होइन उल्टो बेफाइदा हुन्छ।

३. नियमित बिहान-बेलुका दालभात खान मिल्छ। तरकारी पकाउन थोरै मात्रामा तेल प्रयोग गर्न हुन्छ। तर, तेलमा फ्राइ गरेको र तारेको खानु हुँदैन। यस्तै, जंकफुड, मःमः, चाउमिन जस्ता फास्टफुड खानु हुँदैन।

४. कोक, पेप्सी जस्ता पेयपदार्थ खानु हानिकारक हुन्छ।

५. खाजा नियमितझैं खान मिल्छ।

६. कति पटक त यो नखाने, त्यो नखाने भनेर बिरामीले पौष्टिक तत्व नै पाउँदैनन्। जन्डिसले भन्दा पनि खाना नपाएर बिरामी कमजोर हुँदै जान्छ। जसका कारण धेरै बिरामी ग्यास्ट्राइटिस र अल्सर भएर उपचार गर्न आइपुग्छन्।

तसर्थ, जन्डिस भयो भनेर चाहिँदो नचाहिँदो मुख बार्ने र डाक्टरकहाँ नभई झारफुक र अन्य उपचारको पछि लाग्ने बिरामीले कालान्तरमा धेरै दुःख पाउन सक्छन्।

(डा भट्टराई पेट तथा कलेजो रोग उपचार केन्द्र पोखराका पेट तथा कलेजो रोग विशेषज्ञ हुन्)

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १६:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्