• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

देशले गुमाएका प्रतिभाशाली न्युरो सर्जन

64x64
नेपाल लाइभ मंगलबार, फागुन २९, २०७४  १९:१६
1140x725

भरतपुर क्यान्सर अस्पतालमा कार्यरत रहँदा डाक्टर बालकृष्ण थापाले अस्पतालको गरिमा चुलीमा पुर्‍याए। त्यसैले २०६२ सालमा भरतपुर छाड्न लाग्दा उनको सरुवा बदर गर्न चितवन र रुपन्देहीका झन्डै १४ सय स्थानीयले हस्ताक्षर अभियान नै चलाए।

न्युरो सर्जरीमा अब्बल मानिने यिनै होनहार चिकित्सकलाई देशले गुमाएको छ। सोमबार बंगलादेशको ढाकाबाट काठमाडौं आएको युएस-बाङ्ला एयरलाइन्सको विमान दिउँसो २ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भयो। ४९ जनाको ज्यान गएको यो घटनामा ५० वर्षीय डा थापाको पनि निधन भयो।  

काभ्रेको कुशादेवी–३ मा २०२४ माघ ४ मा जन्मिएका थापा नेपालमा एसियाकै उत्कृष्ट क्यान्सर अस्पताल बनाउने अभियानमा थिए। तर, उनको यो अभियान अपूरो रह्यो। 

‘देशले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति बेहोरेको छ’, थापाको निधनको खबर पाएपछि पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नेपाल लाइभसँग भने। 

२०४१ सालमा गिरिराजमणि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जको स्ववियू अध्यक्ष हुँदा थापा केन्द्रीय सदस्य थिए। कलेज जीवनदेखि नै दुवैबीच राम्रो दोस्ती थियो। गिरिराज स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि उनले थापालाई क्यान्सर बोर्डमा नियुक्त गरेका थिए। 

‘उनी मलाई क्यान्सर अस्पतालमा व्याप्त अनियमितता र विकृतिको समाधान गर्न घचघचाइरहेका हुन्थे। अझ उनी यसलाई शैक्षिक संस्थाको रुपमा विकसित गर्नुपर्ने सुझाव दिन्थे’, गिरिराजमणि सम्झन्छन्।   

याे पनि पढ्नुहाेस् -  विमान दुर्घटनामा बाँच्न सफल पाण्डे के भन्छन्?

थापा भरतपुर क्यान्सर अस्पतालमा जानुअघि अस्पतालको छवि त्यति राम्रो थिएन। अनियमितता र विकृतिले अस्पताल थलिएको थियो। तर, उनी नियुक्त भएपछि क्यान्सर अस्पतालले काँचुली फेर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैले होला, २०६२ सालमा अस्पताल छाडेर उनी काठमाडौं आउन लाग्दा स्थानीयदेखि छिमेकी जिल्लाका सर्वसाधारणले उनको पक्षमा हस्ताक्षर अभियान चलाए। फलस्वरुप उनले चितवन छाड्न सकेनन्। 

‘उहाँको सपना थियो, भगवान कोइरालाले गंगालाल अस्पताललाई ह्दयरोग केन्द्रको रुपमा जसरी स्थापित गर्नुभयो, त्यसैगरी नेपालको क्यान्सर अस्पताललाई पनि एसियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्ने', दिवंगत डाक्टर थापाका भतिजा दीलिप थापा भन्छन्। 

थापा सानैदेखि मेधावी विद्यार्थी थिए। उनी कहिल्यै दोस्रो भएनन्। एसएलसी र प्रमाणपत्र तह पहिलो श्रेणीमा पास गरेका थापा २०५१ सालको एमबिबिएस ‘टपर’ हुन्। उनले १० मध्ये ८ विषयमा ‘गोल्ड मेडल’ जितेका थिए। 

उनले बंगलादेशको ढाकास्थित बंगबन्धु शेखमुजिव विश्वविद्यालयबाट न्युरोमा एमएस गरेका थिए। उनी सो विश्वविद्यालयमा विदेशी विद्यार्थीको कोटाबाट एमएस पास गर्ने पहिलो र आफ्नो ब्याचका ‘गोल्ड मेडलिस्ट’ पनि हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चिकित्सा क्षेत्र बाहेक थापाको अर्को पहिचान पनि थियो। उनी साहित्य क्षेत्रमा सक्रिय थिए। उनका दुई कवितासंग्रह ‘डाक्टरी कविता' (२०६१)’ र ‘डाक्टरका कविता' (२०६९) तथा निबन्धसंग्रह ‘चिरफार' (२०७०) प्रकाशित छन्। 

यसका साथै उनी कुशल वक्ता पनि थिए। नेदरल्यान्ड्सको एक विश्वविद्यालयले थापालाई उत्कृष्ट वक्ताको अवार्ड नै दिएको थियो। 

उनीसँग नेतृत्वको पनि क्षमता थियो। मेडिकल क्षेत्रमा रहे पनि उनी विभिन्न सामाजिक संघ–संगठनमा सक्रिय थिए। उनी चिकित्सक नेपालका क्षेत्रीय उपाध्यक्ष र नेपाल न्युरो सर्जन समाजका महासचिव थिए। 

उनी भन्थे- 'काठमाडौंमा क्यान्सर उपचारमा निकै ठूलो बेथिति छ। यसलाई तत्काल समाधान गर्न निकै गाह्रो छ।' त्यसैले उनी यो अभियान जिल्लाबाट सुरु गर्दै काठमाडौं केन्द्रित हुन चाहन्थे। 

उनले काठमाडौंमा काम गर्ने अवसर नपाएका होइनन्। तर, उनले जिल्लालाई नै आफ्नो प्राथमिकता बनाए। यसै क्रममा उनी नेपालका ६३ जिल्ला पुगेका थिए। देशको भूगोल बुझेका कारण उनी चिकित्सा सेवा दिने कुरामा ढुक्क थिए। 

डा थापाले विश्वका २१ देश पुगेर चिकित्सकीय ज्ञान आदानप्रदान गर्ने अवसर पाए। उनी आफ्नो कमाइको केही अंश सामाजिक काममा खर्चन्थे। शारदा सरस्वती छात्रवृत्ति, नवीन स्मृति छात्रवृत्ति, नवजीवन ट्रस्ट र कुशादेवी उच्च माविको भवन निर्माणमा उनले सहयोग गरेका थिए। 

नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने चर्चा चलिरहेका बेला उनी चिनियाँ सरकारले सहयोग गरिरहेको चितवन मेडिकल अस्पतालको नयाँ कार्ययोजनाबारे ‘प्रिजेन्टेसन’ दिने तयारीमा थिए। तर, उनको यो सपना पनि अधुरो रहन पुग्यो।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  १९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्