• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राष्ट्रपतिकै उम्मेदवार बन्दा राष्ट्रपति भण्डारीले राजीनामा दिनुपर्छ कि पर्दैन?

64x64
नेपाल लाइभ बिहीबार, फागुन २४, २०७४  १४:४०
1140x725

काठमाडौं- वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदका लागि पुनः उम्मेदवारी दर्ता गराएकी छिन्। उनी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन्।

राष्ट्रपतिका रुपमा भण्डारी नै विजयी भएमा गणतन्त्रको ९ वर्षे इतिहासमा दुई पटक राष्ट्रपति बन्ने उनी पहिलो व्यक्ति हुनेछिन्। संविधानको धारा ६४ (२) ले तेस्रो पटक राष्ट्रपतिको उम्मेदवार हुन मात्रै रोक लगाएको छ।

बुधबार उम्मेदवारी दर्ता गर्नका लागि संसद भवन नयाँ बानेश्वरमा उनी आफैं उपस्थित भएकी थिइन्। उनका लागि नेकपा एमाले र माओवादी केन्द्रका सांसदले प्रस्ताव र समर्थन गरेका थिए।

निर्वाचनमा राष्ट्रपति पदको प्रभाव

राष्ट्रपति भण्डारीले राष्ट्रपतिकै रुपमा राष्ट्रपतिका लागि चुनावी प्रतिस्पर्धा गर्दैछिन्। राष्ट्रपति पदको उम्मेदवार बन्दै गर्दा भण्डारीले राजीनामा नदिएकाले निर्वाचनमा असमान हैसियतका दुई व्यक्तिबीच प्रतिस्पर्धा हुन लागेको छ।

राष्ट्रपतिको प्रभाव बुधबार उम्मेदवारी दर्ताको समयमा पनि देखियो। उनी शीतल निवासबाट नयाँ बानेश्वरसम्म आउँदा सडक अवरुद्ध भयो। उनले प्रतिनिधि मार्फत उम्मेदवारी दर्ता गराउन सक्थिन्। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन तथा नियमावलीले उनलाई यो सुविधा दिएको छ। तर, उनले त्यतातिर सोचिनन्। पदीय शक्ति प्रयोग गरिन्।

कतिसम्म भने राष्ट्रपतिको उम्मेदवारीका लागि मनोनयन दर्ता गरिरहँदा उनी छेउमा प्रधानमन्त्री केपी ओली पनि देखिएका थिए। राष्ट्रपतिका लागि भण्डारीलाई एमालेले मात्रै नभई सरकारले समेत समर्थन गरेको अर्थ निकाल्न सकिने देखिन्थ्यो।

'जुन पदमा आफू छ, सोही पदका लागि चुनाव लड्ने कुराले निर्वाचनलाई प्रभावित पार्छ', अधिवक्ता सुनिल पोखरेल भन्छन्, 'यो स्वतः स्थापित तथ्य हो।'

Ncell 2
Ncell 2
nimb
nimb

एउटा पदका लागि मुलुककै सर्वोच्च व्यक्ति र साधारण जनताबीच प्रतिस्पर्धा हुन लागेको छ। यो कति 'फेयर' प्रतिस्पर्धा होला, प्रश्न उठ्नु स्वभाविक हो। तर, निर्वाचन आयोग र राष्ट्रपति कार्यालयले यसप्रति अर्को पक्षलाई विश्वस्त तुल्याउनुपर्ने आवश्यकता ठानेका छैनन्।

'निर्वाचनमा प्रभाव पर्नु हुन्न भन्ने मान्यता हो', वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली भन्छन्, 'तर पोर्टफोलियोले प्रभाव पार्छ।'

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको शैली यहाँ जोड्न उचित हुन्छ। एमाले स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले गत मंगलबार राति बसेको स्थायी समिति बैठकमा राष्ट्रपतिले प्रदेश ३ को एमाले संसदीय दलको निर्वाचनमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाएकी थिइन्। उनले त शीतल निवासबाटै उम्मेदवार खडा गरिएको समेत बताइन्।

राष्ट्रपति भण्डारीले आफूलाई राष्ट्रपतिमा दोहोर्या उन दबाब दिएको समाचारहरु सार्वजनिक भइरहेका छन्। पूर्व पार्टीको एउटा आन्तरिक चुनावमा नै पार्टीका पदाधिकारीले आलोचना गर्नेगरी सक्रिय हुने राष्ट्रपति भण्डारीले आफू नै उम्मेदवार भएको निर्वाचनमा प्रभाव पार्ने प्रयास नगर्लिन् र?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'पदमै बसेर निर्वाचन लड्दा स्वार्थको लडाइँ भने देखिन सक्छ', संविधानविद् भीमार्जनु आचार्य भन्छन्।

राजीनामा दिनु पर्छ कि पर्दैन?

कुनै पदमा आसिन शक्तिशाली व्यक्तिले सोही पदका लागि प्रतिस्पर्धा गरेको नेपाली राजनीतिमा सम्भवतः यो पहिलो घटना हो। मिल्दोजुल्दो एउटा घटना प्रधानमन्त्रीका लागि सुशील कोइरालाको दोस्रो उम्मेदवारी हुनसक्छ। तर, उनले प्रधानमन्त्रीको उम्मेदवार बन्नुअघि संसद्‌मा राजीनामा दिएका थिए।

तर, संविधानले वर्तमान राष्ट्रपति नै सोही पदको उम्मेदवार हुँदा राजीनामा दिनुपर्छ वा पर्दैन केही पनि भनेको छैन। 'संविधान मौन भएकाले यस्तै हुनुपर्छ भन्ने अवस्था छैन', संविधानविद् आचार्य भन्छन्, 'तर, यो नैतिक प्रश्न भने हो।'

भण्डारीले भने नैतिकताको प्रश्नलाई भन्दा संवैधानिक अधिकारलाई बढी जोड दिएको देखिन्छ।

संविधानले राजीनामा दिनुपर्छ भनेर नभने पनि निर्वाचन आचारसंहिता लागू भइसकेपछि निर्वाचनलाई प्रभाव पार्न सक्ने कुनै पनि पदमा बसेर निर्वाचन लड्नु उपयुक्त नहुने अधिवक्ता पोखरेल बताउँछन्। 

'प्रधानमन्त्री भईभई पनि सोही पदका लागि चुनाव लडिँदैन', उदाहरण दिँदै उनले भने, 'तर, प्रतिनिधिसभाका लागि लडिन्छ किनकि त्यो फरक पद हो।'

राष्ट्रपति एउटा संस्था भएकाले संस्थाले नै चुनाव लड्ने कुरा अस्वभाविक भएको बताउँछन् अधिवक्ता ज्ञवाली। स्वतन्त्र व्यक्ति मात्रै चुनाव जितेर संस्था बन्न सक्ने भएकाले राष्ट्रपतिकै हैसियतमा चुनाव लड्न नहुने उनको तर्क छ। 'कानुनी व्यक्ति निर्वाचनमा लड्न सक्दैन। प्राकृतिक व्यक्ति मात्रै निर्वाचनमा लड्न सक्छ', उनले भने, 'राष्ट्रपतिकै उम्मेदवार बन्ने भए राष्ट्रपति भण्डारीले पहिले प्राकृतिक व्यक्ति बन्नुपर्छ। त्यसका लागि राजीनामा दिनुपर्छ।'

ज्ञवालीले थपे, 'संस्था कहिल्यै चुनाव लड्दैन। राष्ट्रपति भनेको संस्था हो, कानुनी व्यक्ति हो। संविधानमा कानुनी व्यक्ति राष्ट्रपति बन्ने परिकल्पना छैन। प्राकृतिक व्यक्ति मात्रै राष्ट्रपति बन्ने परिकल्पना छ। दुई पटकसम्म राष्ट्रपति बन्न त पाइन्छ, तर त्यसको लागि प्राकृतिक व्यक्ति प्रतिस्पर्धामा हुनुपर्छ, कानुनी व्यक्ति होइन।'

राजीनामा नदिई प्रतिस्पर्धा गर्नु संविधानको भावनाले पनि नमिल्ने ज्ञवालीको तर्क छ।

राष्ट्रपतिले राजीनामा दिए के हुन्छ?

नेपालको संविधानले राष्ट्रपति पद खाली रहने वा काम चलाउ हुने अवस्थाको परिकल्पना गरेको छैन। त्यसैले पनि राष्ट्रपतिले राजीनामा दिनुपर्ने वा नदिए पनि हुने अवस्थाको विषयमा संवैधानिक व्यवस्था छैन।

संविधानको दुई वटा व्यवस्था यहाँ सान्दर्भिक हुन सक्छन्।

धारा ६५ (क) मा राष्ट्रपतिले उपराष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था छ।

संविधानको धारा ६७ (२) मा उपराष्ट्रपतिको कामबारे भनिएको छ– राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिनेछ।

राष्ट्रपतिले राजीनामा गरेपछि उपराष्ट्रपतिले तत्कालका लागि जिम्मेवारी सम्हाल्न सक्ने अधिवक्ता ज्ञवालीको तर्क छ। 'चार-पाँच दिनलाई भए पनि राष्ट्रपतिले राजीनामा दिँदा राम्रो सन्देश जान्छ', उनी भन्छन्, 'त्यतिन्जेल उपराष्ट्रपतिले जिम्मेवारी सम्हाल्छन्, निर्वाचित राष्ट्रपति आएपछि उनैले सम्हाल्छन्।'

राष्ट्रपतिको पदलाई खाली भने राख्न नसकिने संविधानविद् आचार्यको भनाइ छ। 'पदलाई खाली राख्न पनि मिल्दैन', उनले भने, 'हामीले पहिलोपटक अभ्यास गरेकाले सिक्दै जाने कुरा हो।'

के भन्छ निर्वाचन आयोग?

निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कदम निर्वाचन आचारसंहिताको हिसाबले उपयुक्त नहुने अधिवक्ता सुनिल पोखरेलले बताए। 'यो निर्वाचन आचारसंहिता विरुद्धको कार्य हो', उनले भने, 'संविधान विरुद्धको कार्य भने होइन।'

निर्वाचन आयोगले आचारसंहिताको कोणबाट हेर्न र ध्यानाकर्षण गराउन भने सक्ने उनको तर्क छ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल राष्ट्रपति भण्डारीले पदमै बसेर आफूलाई मत माग्दा निर्वाचन आचारसंहिता उल्लंघन नहुने बताउँछन्।

'निर्वाचन वा मनोनयनबाट पूर्ति हुने पदलाई लाभको पद भनिँदैन', उनले भने, 'राज्य संयन्त्र नै प्रयोग गर्न थाल्नुभयो भने उहाँलाई पनि आचारसंहिता लाग्छ।'

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०७४  १४:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्