काठमाडौ- सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिश भएका चारै जनाविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतमा सिफारिश चारै न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। सुनुवाइ कार्यविधिअनुसार, उजुरी दिनका लागि १० दिनको सूचना जारी गर्ने निर्णय भएको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए।
उनका अनुसार, उजुरीका लागि सार्वजनिक माध्यमबाट सूचना जारी गर्ने निर्णय भएको छ। यसका लागि समितिको सचिवालयलाई निर्देशन दिइएको छ।
न्याय परिषद्ले असोज २ मा सर्वोच्चको न्यायाधीशका लागि चार न्यायाधीशलाई सिफारिश गरेको थियो। जसमा सउच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।