• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

यसरी भेटियो समुद्र किनारमा १ सय ३२ वर्ष पुरानो पत्र

64x64
नेपाल लाइभ बुधबार, फागुन २३, २०७४  २३:४५
1140x725

पर्थ– अस्ट्रेलियामा हालसम्मकै सबैभन्दा पुरानो सन्देश भेटिएको छ। पश्चिम अस्ट्रेलियाको समुद्री किनारमा पर्थका एक दम्पतीले बोतलभित्र राखिएको अवस्थामा सो सन्देश फेला पारेका हुन्।
सो पत्र करिब १ सय ३२ वर्ष पुरानो भएको विज्ञहरुले बताएका छन्।

गत जनवरी २१ मा टोन्या इलम्यान र उनका पति क्याम इलम्यान पश्चिम अस्ट्रेलियाको दुर्गम समुद्री किनारमा हिँडिरहेका बेला सो बोतल बालुवाको थुप्रोमा भेटेका थिए।

 

सुरुमा बोतल खोलेर हेर्दा केही कागजले बेरिएको चिज देखेपछि नौलो लागे पनि त्यसपछि के गर्ने भन्ने अन्यौल भएको क्याम इलम्यानले बताए। 

‘बोटलभित्र भिजेको अवस्थामा केही पुरानोजस्तो लाग्ने कागज फेला पर्यो। तर, त्यसपछि के गर्ने भन्ने उपाय हामीमाझ थिएन’, सो सन्देश भेट्दाको क्षण सम्झँदै क्यामले भने, ‘त्यसपछि सो बोटललाई घरमा लग्यौँ र भिजेको कागजलाई ओभनमा राखेर सेकायौं।’

विज्ञहरुले सो सन्देश जर्मन पानीजहाजको आधिकारिक सूचना भएको पुष्टि गरेका छन्। सन्देशमा १२ जुन १८८६ भन्ने मिति समेत खुलाइएको छ।

 

विज्ञहरुका अनुसार जर्मन नौसेनाको सामुद्रिक प्रयोगशालाले महासागर तथा सामुद्रिक बाटोको विषयमा गरेको अध्ययनका क्रममा जर्मन पानीजहाज ‘पौला’बाट सो सन्देशसहितको बोतल समुद्रमा फालिएको थियो।  

Ncell 2
Ncell 2
nimb
nimb

यसअघि १ सय ८ वर्ष पुरानो पत्र बोटलमा नै राखिएको अवस्थामा फेला परेको गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सूचीकृत छ। 

त्यो ‘कागज बेरिएको चुरोट’

पश्चिम अस्ट्रेलियास्थित वेज टापुको उत्तरतर्फ गत जनवरी २१ मा इलम्यान दम्पती तथा उनका साथीहरु घुम्न निस्केका थिए। जब समुद्री किनारमा उनीहरु सवार कार बालुवामा फस्यो तब टोन्या र उनका साथीले हिँड्ने निधो गरे। 

‘टोन्याले किनारमा धेरै मात्रामा फोहोरको थुप्रो देखिन्। त्यसपछि उनले सो क्षेत्रमा फोहोर सफा गर्न सुरु गरिन्। जब बालुमामाथि रहेको फोहोरको थुप्रोमा रहेको बोतलमा उनको आँखा पर्यो तब उनले सो बोतल आफ्नो किताब र्‍याकमा सुहाउने बताइन्’, टोन्याका पतिले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, आकर्षक र पुरानो लाग्ने सो बोतललाई क्यामले भने आफ्नो छोराकी प्रेमिकालाई उपहार दिन उपयुक्त हुने कुरा श्रीमती टोन्यासँग बाँडे। टोन्याले बोतलभित्र हेर्दा सुरुमा कागज बेरिएको चुरोटजस्तो लागेको र समुद्री  छालले गर्दा बोतलमा पसेको हुनसक्ने अनुमान गरेकी थिइन्।

क्यामले बाँकी घटनालाई विस्तृतमा यसरी सम्झिए, ‘टोन्याले सुरुमा सो पत्र खोल्ने कोसिस गरिन्। तर, पानीले भिजेकाले अति नै नाजुक थियो। हामीले त्यसलाई सुरक्षित घरमा ल्यायौं। उक्त पत्रको ओसिलोपन सुकाउनका लागि हामीले ५ मिनेटजति ओभनमा राखेका थियौं।  सुकेपछि हामीले त्यसलाई खोल्यौं। पत्रमा हातको लेखाई नबुझिए पनि प्रिन्ट गरिएको अक्षर भने स्पष्ट बुझ्न सकिन्थ्यो। जसमा लेखिएको थियो– यो पत्र पाउने बित्तिकै जर्मन वाणिज्य दूतावासमा सम्पर्क गर्नुहोला।’

पछि पत्रमा हस्तलिखित मिति १२ जुन १८८६ तथा पानीजहाजको नाम पौला लेखिएको समेत पत्ता लगाएको क्याम बताउँछन्।

पत्रमा लेखिएको निकै पुरानो मिति देखेर इलम्यान दम्पतीलाई सुरुमा सो पत्र वास्तविकताबाट टाढा छ जस्तो लाग्यो। तर, थप जानकारी मिल्छ कि भनी क्यामले सो बोतलबारे अनलाइनबाट जानकारी लिन कोसिस पनि गरे। अन्ततः उनी पश्चिमी अस्ट्रेलियाली संग्रहालयमा आफ्नो कौतुहलता मेटाउन बोतल लिएर पुगे। 

सन्देशको ऐतिहासिक पृष्ठभूमि

जर्मनी र नेदरल्यान्ड्सका विशेषज्ञहरुसँगको परामर्शपछि सो पत्रलाई सबैभन्दा पुरानो पत्रको रुपमा संग्रहालयले प्रमाणित गरेको संग्रहालयका सहायक व्यवस्थापक डा रोस एन्डरसनले जानकारी दिए। 

‘अविश्वसनीय रुपमा जर्मनीमा गरिएको अभिलेखीय खोजबाट पानीजहाज पौलाको मौसमबारे जानकारी दिइने पत्रिका फेला पर्‍यो। सो पत्रिकामा १२ जुन १८८६ मा पानीजहाजका चालकले उक्त खबरसहितको बोटल समुद्रमा फाल्दा गरेको दर्ता समेत भेटिएको छ। मिति, नौसेनाको लोगो र चालकले दर्ता गरेको सूचना, बोतलमा भएको पत्रको बेहोरासँग मेल खाएको छ,’ डाएन्डरसनले प्रस्ट्याए।  

सो सन्देशमा पानीजहाजको नाम पौला, यात्रा सुरु गरिएको स्थान कार्डिफ, मिति तथा बोतल फालिएको स्थानको अक्षांश र देशान्तरसमेत खुलाइएको छ। 

प्राप्त अभिलेख अनुसार पानीजहाजका चालकले दिएको रिपोर्टमा भनिएको छ– ‘वेल्सको कार्डिफबाट पानीजहाज इन्डोनेसिया जाने क्रममा दक्षिणपूर्वी हिन्द महासागरमा सन्देश राखिएको बोतललाई फालिएको हो। सो बोतल करिब १२ महिनाभित्रमा अस्ट्रेलियाको समुद्री किनारमा प्राप्त भएको थियो। त्यसपछि सो बोतललाई बालुवामुनि गाडिएको थियो।’

६९ वर्ष लामो जर्मन प्रयोगका दौरानमा त्यस्ता हजारौं सन्देशबाहक बोतलहरु समुद्रमा फालिएको थियो। जसमा ६ सय ६२ वटा सन्देशमा मात्रै मिति उल्लेख गरिएको थियो। तर, सो अवधिमा एउटा पनि त्यस्ता बोतल फिर्ता आएको पाइएन। पछिल्लो पटक मिति उल्लेख नगरिएको एक सन्देश भएको बोतल सन् १९३४ मा डेनमार्कमा भेटिएको थियो। 

सर्वसाधारणका लागि खुल्ला 
इलम्यान परिवारले सो बोतललाई आगामि २ वर्षका लागि पश्चिम अस्ट्रेलियाली संग्रहालयलाई लोनमा दिएका छन्। सो पत्र सर्वसाधारणका लागि हेर्न खुल्ला गरिएको छ।  

पश्चिम अस्ट्रेलियाका संस्कृति तथा कला मन्त्री डेभिड टेम्पलेम्यानले सो पत्र ऋणमा लिए पनि आफू प्रसन्न रहेको बताएका थिए। उनले भने, ‘यो एक प्रभावशाली खोज हो। विज्ञान तथा अनुसन्धानका लागि अन्तर्राष्ट्रिय र बहुविधा संगठनलाई यसका लागि धन्यवाद छ।’

आफ्नो अनलाइन सामग्रीमा टोन्या इलम्यानले सो सन्देश प्राप्त गर्नु आफ्नो जिन्दगाीको सबैभन्दा उल्लेखनीय घटनाका रुपमा वर्णन गरेकी छन्। 

टोन्याले आफ्नो अनुभूति साट्दै भनिन्, ‘सो बोतललाई पछिल्लो १ सय ३२ वर्षसम्म कसैले पनि छुन सकेनन्। र पनि पूर्ण रुपमा सही अवस्थामा थियो। यो सोचेर अझै पनि मेरो दिमाग हल्लिरहेको छ।’

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  २३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्