लगानी बोर्डका पूर्व सीईओ सुशील भट्टलाई पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसर भद्रकालीको टोलीले उनलाई नियन्त्रणमा लिएको एसएसपी दिलिप घिमिरेले पुष्टि गरे । उनले कान्तिपुरसँग भने, 'पक्राउ गरेर सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान थालेका छौं ।'
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाका लागि भन्दै प्रहरी कार्यालय ल्याएर सुरु भएको अनुसन्धान इनाम सपकोटासम्म पुगेको थियो । जबरासँग भट्टको समेत कुराकानी भएको देखिएको थियो ।
जेलमा रहेका दीपक भट्टलाई छुटाउने प्रयासस्वरूप भट्टले सपकोटासँग कुराकानी गरेको र सपकोटाले जबरामार्फत छुटाउने वातावरण बनाउन खोजेको प्रहरी अधिकारीहरूको आशंका छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।