काठमाडौं– फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईको उम्मेदवारी परेको छ। उम्मेदवारी दर्ताका लागि उनीहरु समर्थकसहित नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका थिए।
भण्डारीलाई माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, ओनसरी घर्ती र सुवास नेम्वाङले प्रस्ताव गरेका थिए। त्यस्तै, रामबहादुर थापा बादल, विष्णु पौडेल, भानुभक्त ढकाल, गोकर्ण विष्ट र रवीन्द्र अधिकारीले समर्थन गरेका थिए।
भण्डारी संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। त्यतिबेला उनले नेपाली कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाई हराउँदै नेपालको दोस्रो राष्ट्रपति निर्वाचित भएकी थिइन्।

यस्तै रार्इलाई राष्ट्रपतिको उम्मेदवारमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चौधरी, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डेले प्रस्ताव गरेका थिए। त्यस्तै, सुजता परियाार, शिवचन्द्र चौधरी, सरिता प्रसार्इं, राधा घले, मेखलाल श्रेष्ठले समर्थन गरेका थिए।
उम्मदवारी दिनुअघि राईले नेपाल लाइभसँग प्रतिक्रिया दिई 'आफ्नो लागि खुसीको क्षण' भएको बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।