काठमाडौं– नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेकी कुमारी लक्ष्मी राईले पार्टीले आफ्नो मूल्यांकन गरेको प्रतिक्रिया दिएकी छन्।
'म राईको छोरी हुँ', नेपाल लाइभलाई प्रतिक्रिया दिँदै उनले भनिन्, 'राष्ट्रपतिको उम्मेदवार बन्न पाएँ, योभन्दा ठूलो खुसीको कुरा के हुन्छ?'
कांग्रेसले सहिदकी छोरीलाई सम्मान गरेको पनि उनले बताइन्।
राई २०७० सालमा कांग्रेसको तर्फबाट समानुपातिक सभासद बनेकी थिइन्। उनी पञ्चायतकालमा हत्या गरिएका नेता दिवानसिंह राईकी छोरी हुन्। दिवानसिंह २०१५ सालमा बिपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा सहायक मन्त्री बनेका थिए।
फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराउँदैछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।