काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग फुटबलको ‘ड्र’ सार्वजनिक गर्नुअघि नै विवाद उत्पन्न भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज सार्वजनिक गर्ने भनिएिको शहिद स्मारक ए डिभिजन लिग फुटबलको ‘ड्र’ (खेल तालिका) सार्वजनिक गर्नुअघि नै विवाद उत्पन्न भएको हो।
यो पनि – ए डिभिजन लिग : विवादकै बीच सार्वजनिक गरियो खेलतालिका
मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष छिमिङ उर्केन गुरुङ र च्यासल युथ क्लबका अध्यक्ष रमेश व्यञ्जनकारले लिगको नियमावली विनै ‘ड्र’ सार्वजनिक गर्न लागेको भन्दै विरोध गरेका हुन्। उनीहरुले सबै बहिष्कार गरेका छन्।
दुबै क्लबका प्रतिनिधि ‘ड्र’ सार्वजनिक कार्यक्रमबाट बाहिरिएका छन्। यता, एन्फाले भने ‘ड्र’ कार्य नरोकी थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।