काठमाडौं– नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन् ।
नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भए/गरेका कामकारबाहीबारे समीक्षा गर्दै आएको छ ।
आजको बैठकमा गएको संसद् अधिवेशनमा पार्टीका तर्फबाट खेलेको भूमिकाको समीक्षाका साथै आगामी दिनमा सांसद र पार्टी नेताले खेल्नुपर्ने भूमिकाबारे ओलीले विशेष निर्देशन दिने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।