• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन २५, २०८३ Mon, Aug 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पाकिस्तानी अदालतले ताेक्याे सेना प्रमुखकाे म्याद छ महिना, सर्वाेच्चकाे फैसलाले प्रधानमन्त्रीलाई राहत

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १३, २०७६  १०:३५
1140x725

एजेन्सी-  पाकिस्तानको सर्वोच्च अदालतले सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल छ महिना थप गरेकोछ। अदालतले बिहीबार साँझ फैसला सुनाएसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई ठूलो राहत मिलेको छ।

सर्वोच्च अदालतले आफ्नो आदेशमा भनेको छ, ‘सेनापतिको रुपमा जनरल बाजवाको वर्तमान नियुक्ति छ महिनाको हुनेछ। नयाँ कानुन लागू भएपछि उनको अर्को कार्यकाल तय हुनेछ।’ प्रधानमन्त्री इमरान खानले सेना ऐनमा संशोधन गर्नुपर्ने छ र यो संसदबाट स्वीकृत हुनेछ। त्यसपछि इमरान खानलाई सेना प्रमुखको कार्यकाल बढाउन सूचना जारी गर्ने अधिकार हुनेछ।

यस छ महिनामा इमरान खानको सरकारले सेना प्रमुखको कार्यकाल विस्तार भएपछि संसदमा नयाँ नियम बनाउने छ। मुख्य न्यायाधीश आसिफ सईद खोसा, न्यायाधीश मियां मजहर आलम खान र न्यायाधीश सै्यद मन्सूर अली शाहको इजलासले यो निर्णय गरेको हो।

जनरल कमर जावेद बाजवाको सेना प्रमुखको कार्यकाल थप्ने सुनुवाई अदालतमा चलिरहँदा पाकिस्तानमा यस विषयमा चर्चा चलिरहेको थियो। सेना प्रमुखका रूपमा जावेद बाजवाका कार्यकाल शुक्रबार समाप्त हुँदै थियाे। यद्यपि प्रधानमन्त्री खानले पहिले नै कार्यकाल तीन बर्षका लागि थप गरिसकेका थिए।

सर्वोच्च अदालतका मुख्य न्यायाधीश खोसाको अध्यक्षतामा तीन न्यायाधीशहरुको बेञ्चमा कार्यकाल थपको विरूद्ध तीन दिन सुनुवाइ भएको थियो।

सर्वोच्च अदालतले इमरान खानको निर्णय रद्द गर्छ कि भन्नेमा धेरै मानिसहरूलाई शंका थियो। खान सरकार पनि द्विधामा थियो। मन्त्रिपरिषद्को आपतकालिन बैठक पनि बसेको थियो। कानुनमन्त्री राजीनामाको तयारीमा थिए। कानुनमन्त्रीले राजीनामा गरेपछि सर्वोच्च अदालतले जनरल बाजवाको म्याद थप गर्ने पक्षमा निर्णय गर्ने तर्क गरेका थिए।

प्रधानमन्त्री इमरान खानले ट्विट गरेर सर्वोच्च अदालतको निर्णयमा खुसी व्यक्त गरेका छन्। उनले ट्विटमा भनेका छन्, ‘२३ बर्षअघि हाम्रो पार्टीले स्वतन्त्र न्यायपालिका र कानुनको पक्षमा पहिलो पटक वकालत गरेको थियो। २००७ मा पिटिआईले न्यायपालिकाको स्वतन्त्रताको लागि आन्दोलन सुरु गरेको थियो। र यसका लागि म जेल पनि गएको थिएँ। म खोसाका लागि ठूलो सम्मान व्यक्त गर्दछु। उनी पाकिस्तानको उत्कृष्ट कानुनविद् हुन्।’

nimb
nimb
Ncell 2
Ncell 2

सत्तामा आउनुभन्दा पहिले इमरान खान सेना प्रमुखको कार्यकाल विस्तार गर्ने पक्षमा थिएनन्। उनले भनेका थिए ‘कुनै पनि सेना प्रमुखको कार्यकाल बढाउनु भनेको सेनाको नियम परिवर्तन गर्ने काम हो। जुन सेनालाई संस्थागत रुपमा कमजोर पार्छ।’

२०१० मा पाकिस्तान पिपुल्स पार्टीको सरकारमा सेना प्रमुख रहेका असफाक परवेज कयानीको कार्यकाल विस्तार भएपछि इमरानको भनाइ आएको थियो।

त्यसबेला टेलिभिजनको अन्तर्वार्तामा इमरानले भनेका थिए, ‘ऐतिहासिक रुपमा युद्ध नै भइरहेको भए पनि पश्चिमा देशहरूले पनि आफ्ना सेना प्रमुखको कार्यकाल विस्तार गर्दैनन्। संस्थाले उनीहरूको नियमलाई पछ्याउछ। तर, जब यो एक व्यक्तिको लागि परिवर्तन गरियो भने संस्था ध्वस्त हुन्छ। जस्तै जनरल परवेज मुशर्रफले गरे र सबै तानाशाहहरूले गरिरहेका छन्।

जनरल राहिल शरीफले अवकास लिनुभन्दा १० महिनाअघि कार्यकाल बढाउने विषय अस्वीर हुने घोषणा गरेका थिए। यो घोषणले उनको कद उचो भएको इमरानले ट्विटमा भनेका थिए। पाकिस्तान निर्माणदेखि नै सेनाले महत्वपूर्ण भूमिका खेलेको छ। सेनाको जहिले पनि सरकारमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका रहेको छ। इमरान खानले जनरल कमर जावेद बाजवाको कार्यकाल विस्तार गर्ने सन्दर्भ सुरक्षा चिन्तालाई ध्यानमा राखी आवश्यक रहेको बताएका थिए।

बिबिसी हिन्दीबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पेस्तोल देखाउँदै डर–धम्की दिने ३ जना पक्राउ
बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेट, के भयो कुराकानी ?
बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना, १५ जना घाइते
सम्बन्धित सामग्री
थाइल्यान्डको एक विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुग्यो घटनामा घाइते भएकी १२ वर्षीया एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो । आइतबार, साउन २४, २०८३
पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते नाइजर समाचार एजेन्सी (एएनपी) का अनुसार दुर्घटना माडाउवा सहरबाट करिब ५५ किलोमिटर टाढा माराडी–माडाउवा सडकखण्डमा भएको हो । आइतबार, साउन २४, २०८३
इरानले अमेरिकासामु राख्यो ६ सर्त, होर्मुजलाई लिएर कडा अडान बीबीसी फारसीका अनुसार ती मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा ढिलाइ, युद्धमा भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहको नौसैनिक नाकाबन... आइतबार, साउन २४, २०८३
ताजा समाचारसबै
पेस्तोल देखाउँदै डर–धम्की दिने ३ जना पक्राउ आइतबार, साउन २४, २०८३
बालुवाटारमा प्रधानमन्त्री बालेन र रविबीच भेट, के भयो कुराकानी ? आइतबार, साउन २४, २०८३
बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना, १५ जना घाइते आइतबार, साउन २४, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
महिना दिनदेखि अवरुद्ध मेची राजमार्ग : माईखोला–राजदुवाली खण्डमा पहिरोको मार आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
जब पूर्वगृहमन्त्रीलाई अदालतबाट फर्काइयो... आइतबार, साउन २४, २०८३
विद्रोही पक्षले भेला सार्दैछन् ? शनिबार, साउन २३, २०८३
अमेरिकाको भिसा लिन चाहनेलाई दूतावासले गरायो सचेत शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्