काठमाडौं- कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको २१ दशमलव २१ प्रतिशत लाभांश पारित भएको छ। कम्पनीको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पारित गरेको हो।
सञ्चालक समितिका अध्यक्ष इन्जिनियर विष्णुप्रसाद पौड्यालको अध्यक्षतामा भएको साधारणसभामा बैंकले आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७४/७५ का लागि लेखा परीक्षक नियुक्ति एवं बोनस सेयरको कर बापतको ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
त्यस्तै, साधारणसभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा विश्वराज नेपाल र करुणा पोखरेललाई निर्वाचित गरेको छ।
साधारणसभाले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहने गरी संशोधनसमेत गरेको छ।
हाल कम्पनीले १५ जिल्लामा ४६ वटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।