काठमाडौं– विदेश पठाएर ठगी गरेको आरोपमा पुतलीसडकस्थित क्याची एजुकेसन एन्ड ट्रेनिङ कन्सलटेन्सीका सञ्चालक पुरुषोत्तम खड्कालाई पक्राउ परेका छन्। उनले वैदेशिक रोजगारीका लागि भन्दै युवालाई विभिन्न देशमा पठाएर अलपत्र बनाएको प्रहरीले जनाएको छ।
उनलाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो। काठमाडौंको गागलफेदी घर भएका खड्काले पोल्यान्ड, साउथ अफ्रिका, माल्टा, स्टोनिया, अजरवैजान लगायत देशमा नेपाली युुवालाई पठाई अलपत्र बनाएका थिए।
प्रतिव्यक्ति ७ देखि १२ लाख रुपैयाँ लिएर उनले ठगी गरेको प्रहरीले जनाएको छ। कन्सलटेन्सीको आवरणमा मेनपावरको काम गरेकाले उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। प्रहरीले उनको कार्यालयबाट पासपोर्टहरु समेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।