आफ्नै घरको चौथोँ तलामा रहेको झ्यालमा झुन्डिएकी एक बालिकालाई चीनकी एक ट्राफिक प्रहरीले सकुशल उद्धार गरेकी छन्। चीनको ग्वुइझाउ प्रान्तको कैलीस्थित एक घरको झ्यालमा ३ वर्षकी बालिका झुन्डिरहेको देखेपछि चेन जोङपिङ उद्धारमा खटिएकी थिइन्।
बालिकाको सकुशल उद्धारका लागि अन्य कुनै उयाय नभएपछि जोङपिङले ती बालिकालाई आफ्नो अंगालोमा बांधेर भवनको चौथों तलाबाट जमिनमा हाम फालेकी थिइन्। घटना गत बुधबार भएको प्रहरीले जनाएको छ। ती बालिकालाइै उनकी हजुरआमाले कोठामा थुनेर राखेको बताइएको छ। प्रहरीका अनुसार कोठाको चाबी बनाउने व्यक्तिको आवाज सुनेपछि डराएकी ३ वर्षीय बालिका झ्यालबाट बाहिर निस्कन खोज्दा झुन्डिएकी थिइन्।
उद्धारका क्रममा ४९ वर्षीय ट्राफिक प्रहरी जोङपिङलाई टाउकोमा गम्भिर चोट लागेको थियो। स्थानिय अधिकारीले दिएको जानकारीअनुसार ब्रेनह्यामरेज भएकी जोङपिङ २ दिन कोमामा रहँदै शुक्रबार मात्रै होसमा आएकी थिइन्।
उनको स्वास्थ्य अवस्थामा लगातार सुधार आइरहेको र हाल सघन उपचार कक्ष(आइसियु)बाट जनरल वार्डमा राखेर उपचार भइरहेको गुइयाङ इभिनिङ न्युजले लेखेको छ। बालिकाको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको भने अवस्था सामान्य रहेको गुइयाङ इभिनिङ न्युजले उल्लेख गरेको छ।
सत्तारुढ दलका स्थानीय नेताले स्वास्थ्य लाभ गरिरहेकी जोङपिङलाई अस्पतालमा गएर भेटेका छन्। उनले आपतकालिन समयमा पनि जोङपिङको तत्कालै सोच्नसक्ने क्षमताको तारिफ गरेका छन्। उनको सो साहसिक कार्यको ट्राफिक प्रमुख तथा साथीहरुलेसमेत खुलेर प्रशंसा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।