काठमाडौं- एमालेले राष्ट्रपतिको उम्मेदवार छनोट गर्न भोलिका लागि स्थायी कमिटिको बैठक बोलाएको छ। सत्ताको नेतृत्वकर्ता दल एमालेले राजकीय पदका साथै सरकार विस्तारका विषयमा औपचारिक छलफल गर्न स्थायी कमिटिको बैठक बोलाएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बाेलाईएको बैठक मंगलबार अपरान्ह ४ बजेपछि बस्नेछ। एमाले सचिव कृण्णगोपाल श्रेष्ठकाअनुसार बैठकमा राजकीय पदमा उम्मेदवारको छनोटलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
वाम गठबन्धनको सहमतीअनुसार एमालेले राष्ट्रपति, उपसभामुख र राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो उम्मेदवार उठाउनेछ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सोही पदमा दोहाेरिने इच्छा व्यक्त गर्दै आएकी छिन्। त्यसमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली समेत सकारात्मक छन्। तर पार्टीका पुर्व अध्यक्ष झलनाथ खनालले राष्ट्रपति बन्न इच्छा देखाईरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।